काठमाडौँ, ३१ असार । नेपाल कला परिषद्को हलमा प्रथम दक्षिण एशियाली अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०१८ आजदेखि शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को आयोजनामा दुई दिनसम्म सञ्चालन हुने सो प्रदर्शनीमा सार्क क्षेत्रका पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भारत, भुटान, नेपाल तथा श्रीलंकाका ७९ कलाकारका ८५ चित्रकला प्रदर्शनमा राखिएका थिए ।

सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चित्रकलाले देशको पहिचान दिइरहेको उल्लेख गर्दै कला क्षेत्रको विकास गर्न सरकार सकारात्मक भएको बताए ।उनले नेपालका तीन प्रज्ञा–प्रतिष्ठानलाई व्यवस्थापन गरी कला क्षेत्रलाई टेवा दिनुपर्नेमा जोड दिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कला क्षेत्रको अनुभव आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार