काठमाडौं, असार २९ । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेका थिए ।

संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरीएको थियो । रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । भानुका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार