कञ्चनपुर, २६ असार। भारतसँगको मुख्य कारोवार हुने प्राचीन भीमदत्त नगरपालिका–९ टुँडिखेलको ऐतिहासिक ब्रह्मदेवमण्डी (५२ ढोका) तारबार गरी संरक्षण गरिएको छ ।

भीमदत्त नगरपालिकाले पुरातात्विक महत्वको मण्डीको संरक्षण गरी प्रचारप्रसारका लागि संरक्षणको कार्यक्रम अगाडि बढाएको छ । सोअनुरुप स्थानीयवासीले मण्डीको जग्गा कब्जा गर्नसक्ने भएकाले संरक्षणका कार्यक्रम अघि सारेका छन् ।

अहिले टुँडिखेलसम्म यातायात सेवा पुगेको छ । चालू आवमा कौवानीसम्म गाडी पुगाउने लक्ष्यका साथ सडक निर्माण अघि बढेको छ । ब्रह्मदेवदेखि कौवानीसम्म महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । महाकाली नदी किनारको सो बजार प्रदेश ७ को सबैभन्दा पुरानो हो ।

महाकाली नदी तटीय क्षेत्रमा रहेको हाल खण्डहरमा परिणत भएको बजारबाट प्रदेश नं ७ मा नून, तेल, लत्ताकपडा, विभिन्न प्रकारका कृषि औजार र धातुको कारोवार हुने गथ्र्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार