चितवन, १२ असार । विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् ।

संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति एक विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल फिर्ता लिएको जानकारी गराएका हुन्। विभिन्न संघसंस्था, सरोकारवाला निकायले विद्यालय खोल्न गरेको अनुरोधलाई मध्यनजर गर्दै अनिश्चितकालीन हडताल फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको स्वरुप परिवर्तन गरिने भन्दै हडतालका कार्यक्रम फिर्ता लिइएको हो ।

प्रहरीले संगठनका जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई गिरफ्तार गरेको विरोधमा क्रान्तिकारीले हडताल आह्वान गरेको थियो । बन्दका कारण आइतबार र सोमबार जिल्लाभरका विद्यालयको पठनपाठन प्रभावित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार