आर्यन सिग्देल यतिबेला आफनो बहुप्रतिक्षित फिल्म ‘कायरा’ लाई लिएर उनी निकै उत्साहित छन् । ‘रुद्रपिया’ को असफलतापछि आफनो स्टारडम फर्काउने प्रयासमा रहेका आर्यन कायराप्रति दर्शकहरुमाझ कौतुहल्ता बढाउँन कुनै जानकारीहरु रिभिल गरिरहेका छैनन् भने खासै बोलेका पनि छैनन् ।

पहिलो पटक चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर पर्दामा आउँन लागेका आर्यन यतिबेला समस्यामा परेका छन् । साउन १८ गते रिलिज हुने भनी तयारी भएको ‘कायरा’ को फिलिपिन्समा खिचिएका २ गीतका केही दृश्य हार्ड डिस्कबाट उडेपछि आर्यन लगायत लगायत निर्माण टिम समस्यामा परेका हुन् ।

पुरै गीतको छायांकन गरिएको दृश्य नहटेपनि गीतको केही दृश्य हार्ड ड्राइभ बिग्रिएकाले रिकोभर गर्न नसकिएपछि निर्माण टिम पुन फिलिपिन्स जाने भएका छन् । उडेको दृश्य बिना गीत रिलिज गर्न नसकिने भएपछि फिलिपिन्स नै जानु पर्ने भएपछि ट्रेलर अगाडि गीत रिलिज गर्ने आर्यनको योजनामा भने धक्का लाग्न पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार