बलिउडमा कुनै समय यस्तो थियो की जहाँ नायिकहरुको पारिश्रृमिक निकै न्युन हुने गथ्र्यो । त्यतीमात्र होईन उनीहरुलाई नायकहरुको तुलनामा कम वजनदार रोल दिईन्थयो । सरसर्ती भन्ने हो भने उनीहरुलाई डमीको रुपमा प्रयोग गरिन्थ्यो । तर आज बलिउडमा नायकबीनाका फिल्महरु पनि चल्न थालेका छन् नायिकाहरुको स्टारडम र पारिश्रमिक पनि नायकहरुको भन्दा कम छैन ।

यसबीचमा बलिउडमा लामो समयको ग्यापपछि सलमान खानको फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउँन लागेकी नायिका प्रियंका चोपडाले सर्वाधिक रकम लिएकीछिन् । पछिल्लो पटक सन २०१६ मा ‘गंगाजल २’ मा काम गरेकी उनी हलिउड प्रोजेक्टमा नै व्यस्त बनेपछि बलिउडमा उनको डिमाण्ड निकै बढेको थियो । आफनो स्टारडम र डिमाण्डलाई मध्यनजर गर्दे प्रियंकाले भारत फिल्ममा १२ करोड पारिश्रमिक लिएकीछिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले फिल्मका लागि १४ करोड माग गरेकी थिईन तर लामो समयको छलफलपछि प्रियंका १२ करोडमा खुसी भएकी थिईन् । स्मरण रहोस यसअघि दिपिकाले ‘पद्यमावत’ का लागि १३ करोडमा काम गरेको चर्चा थियो । जुन फिल्ममा उनले रणवीर सिंह र शादिक कपुर भन्दा पनि धेरै पारिश्रमिक पाएकी थिईन् ।

यसरी हेर्दा प्रियंकाले पारिश्रृमिकको मामिलामा दिपिकालाई टक्कर नै दिएकीछिन् । यतिबेला महंगो पारिश्रृमिकको कारण नै कुनै फिल्ममा आवद्ध हुन नसकेकी दिपिकाको लागि प्रियंकाको लागि टाउको दुखाईको बिषय बन्न सक्छ किनकी यी दुईमा पहिलेदेखि नै निकै प्रतिष्पर्धा हुने गथ्र्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार