काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को आज काठमाडौँमा उद्घाटन गर्दै संकलन भएका रकमलाई उत्पादकत्व वृद्धिमा लगानी गरी रोजगारी सिर्जना गर्न बचत तथा ऋण सहकारी संस्थालाई आग्रह गरे । उनले नेपालमा राजनीतिक मुद्दा किनारा लागेको बताउँदै अबको मुद्दा आर्थिक क्षेत्रतर्फ केन्द्रीकृत हुनुपर्ने बताए । “सहकारी संस्थालाई लगानी गर्न कुनै पुराना नीति, कानून, संरचना र अभ्यासले अप्ठेरो पारेको बताए ।” उपप्रधानमन्त्री पोखरेलले सरकार संशोधन गर्न र लगानीको वातावरण बनाइदिन तयार रहेको पनि बताए ।

मुलुकमा ३४ हजार ५०० सहकारी संस्था छन् । तेह्र हजार ५०० संस्था बचत तथा ऋण परिचालन समाज (साकोस) रहेको छ । झण्डै रु तीन खर्ब बचत गरेका छन् । सहकारी ऐनले बचत सहकारी संस्थालाई खास खास क्षेत्रमा लगानी गर्न रोक लगाएको छ । हाल साकोसको लगानी किराना पसल, शैक्षिक कर्जा र वैदेशिक रोजगार, घर निर्माण तथा जग्गा खरिदलगायतका क्षेत्रमा सीमित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार