काठमाडौं, जेठ २३। नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको ‘सिंहदरबार’को दोस्रो संस्करण नविन सुब्बाले निर्देशन गर्ने भएका छन् । निर्देशक सुब्बाद्वारा निर्देशन ‘दलान’ शीर्षकको टेलिशृंखला निकै लोकप्रिय भएको थियो । उनी ‘नुमाफुङ’ फिल्मका पनि निर्देशक हुन् ।

‘सिंहदरबार’को दोस्रो संस्करणमा गौरी मल्लले मूख्य भूमिकालाई निरन्तरता दिनेछिन् । उनलाई टेलिशृंखलामा आशा सिंहको रुपमा देखाइनेछ । आशा सिंह एक जनमुखी, बौद्धिक तथा प्रतिवद्ध नेतृ हुन्, जसले नयाँ संविधानलाई सफलतापूर्वक लागु गराउनमा खास भूमिका खेल्छिन् । साथै संघीय संरचनामा नागरिक र सरकारको सहकार्यलाई बलियो बनाउन ठोस योगदान दिन्छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार