काठमाडौं, २३ जेठ। अमेरिकी बक्सर फ्लोइड मेवेदर पुनः सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।

अगष्टमा कोनर म्याकग्रेसरसविरुद्ध जित हात पारेसँगै उनले कमाई २८५ मिलियन डलर पुगेको छ र फोब्र्सको उवार्धिक कमाउने खेलाडीहरुको सूचीको शीर्ष स्थानमा आएका छन् ।

यसअघि लगातार दुई वर्ष फुटबलर क्रिष्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका थिए ।

तर, अब उनी तेस्रो नम्बरमा पुगेका छन् । उनलाई अर्का फुटबलर लिओनल मेस्सीले जितेका छन् । फोब्र्सका अनुसार मेस्सीको कमाई १११ मिलियन डलर छ, जसमध्ये २७ मिलियन बिज्ञापनबाट आउँछ । रोनाल्डोको कमाई भने १०८ मिलियन छ र ४७ मिलियन विज्ञापनबाट आउने फोब्र्सले जनाएको छ ।

सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा एक जना पनि महिला अटाएनन् । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स हटेसँगै सूची महिलाविहीन भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार