काठमाडौं ,२३ जेठ। सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा धर्ना गएका छन् ।

लगानीकर्ताहरुले विभिन्न पुँजीबजार लगानीकर्ता संघको आयोजनामा धितोपत्र बोर्डको कार्यालय, जावलाखेलमा बुधबार बिहान १० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।

धर्नाका लागि पुगेका संघका पदाधिकारी, सदस्य तथा लगानीकर्ताहरुलाई प्रहरीले मूलद्वारबाट प्रवेश गर्न रोकेको थियो । प्रहरीले अवरोध गरेपछि लगानीकर्ताहरुले गेटमै बसेर धर्ना दिएका थिए ।

आन्दोलित लगानीकर्ताहरुले धर्नापछि ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार