लमजुङ, २३ वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले अब सरकार परिवर्तनको अध्याय सकिएको बताएका छन् ।

जिल्लाको क्होलासोँथारमा आयोजित १९औँ घलेगाउँ महोत्सवलाई सम्बोधन गर्दै उनले भने, “मुलुक अब सृमद्धिको बाटोमा अघि बढेको छ, सरकार जनतालाई समृद्ध बनाउने विषयमा लागिपरेको छ ।”

मन्त्री पोखरेलले पर्यटनलाई जनताको जीवनसँग गाँसेर अघि बढ्नुपर्ने बताए । उनले जनताको जीवन र रोजगारसँग नगाँसिए पर्यटन क्षेत्रको विकास हुन नसक्ने दाबी गरे ।

“घलेगाउँलाई दक्षिण एसियामा मात्र नभई विश्वभर चिनाउनु पर्छ,” उनले भने “आफ्नो पहिचानलाई उत्पादन, समृद्धि र रोजगारीसँग जोड्ने गरी आफ्नो गतिविधि गर्नुपर्छ ।”

घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापा, पूर्वसांसद जमिन्द्रमान घले, डा भीष्मनाथ अधिकारीलगायतले घलेगाउँ पर्यटनका लागि देशकै गहना भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार