काठमाडौँ, २२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।
बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फकिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार