काठमाडौं, १२ बैशाख । पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मान्दै बर्सेनि लाखौं पर्यटक भित्र्याउँदै आएको नेपालबाट घुम्न बाहिरिनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ। बाहिर जाने आउट वाउन्ड पर्यटक पनि बर्सेनि बढ्दै गएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी बताउँछन्। उनका अनुसार ५ बर्ष यता नेपालीहरु घुम्नकै लागि विदेश जान थालेका छन् ।

‘टुरिस्ट भिसा लिएर घुम्न जाने कल्चर ५ बर्षयता बढेको देखिन्छ । नेपालीहरु कुन कुन मुलुक घुम्न निस्कन्छन् ? कति खर्च गर्छन् ? कस्ता खाले पर्यटक भई निस्किरहेका छन् ? भन्ने तथ्यांक भने राखिने गरेको छैन,’ उनले भने।

वार्षिक ७ लाख नेपालीहरु पर्यटक भिसामा घुम्न निस्किने गरेको अनुमान छ। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार