काठमाडौं, ७ बैशाख । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् । आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न पाइने छैन। यसो गरेको भेटिए पाइलटलाई ग्राउन्डेड गर्नेसम्मको कारबाही हुनेछ।

फलाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले संवेदनशील मानिने ककपिटमै पुगेर खिचेका तस्बिर फेसबुकलगायत सामाजिक सञ्जालमा अत्याधिक देखिन थालेपछि नागरिक उड्डयन प्राधिकरण यो विषयमा गम्भीर भएको हो। प्राधिकरणभित्रको नियमनकारी निकाय फ्लाइट सेफटी स्टयान्डर्ड विभाग नेपालमा दर्ता भएका सबै २१ वटा हेलिकप्टर तथा वायुसेवा कम्पनीलाई फोटोग्राफीबारे सचेत गराएको छ।

त्यसैगरी नेपालभित्रका हिमाली तथा पहाडी विमानस्थलमा बादल लागेको अवस्थामा विमान उडाउने नियम छैन। उपकरणको सहायतामा हुने ९आईएफआर० उडान नियम दुर्गम भेगमा हुँदैनन्। स्पष्ट देखिने अवस्थामा हेरेर मात्रै उडान ९भीएफआर फ्लाइट० भर्नुपर्छ। कतिपय पाइलटले ती रुटमा निकैबेर बादलभित्र जहाज उडाउने गर्छन्। यो पनि कानुन विपरीत हो।

वायुयान तथा पाइलटको अनुमतिपत्र नियमन गर्ने यस निकायले ‘कुनै पनि प्रकारका नागरिक उडानमा फोटोग्राफी नगर्न’ सचेत गरेको हो। विभागका उपनिर्देशक दीपककुमार लामाद्वारा जारी गरिएको परिपत्र २१ वटै हवाई सेवा कम्पनीभित्र चालकदलको कार्यतालिका हेर्न अपरेसन ९सञ्चालन विभाग० तोकेरै पठाइएको छ। ‘सम्बन्धित सबै उडानकर्मीलाई कुनै पनि उडान अवस्थामा फोटोग्राफीमा लिप्त नहुन गम्भीरतापूर्वक सचेत गराइएको छ,’ परिपत्रमा लेखिएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार यस्ता गतिविधिले उडान र हवाई सुरक्षामा असर पर्न सक्ने भएकाले सचेत गराइएको हो। ‘नियमनकारी निकायको परिपत्र उल्लंघन गरिए चालक र अन्य उडानकर्मीलाई जरिवानासमेत ग्राउन्डेड निश्चित समयका लागि उडानमा रोकसम्म गर्नेछौं,’ नागरिक उड्डयन सुरक्षा नियमन निर्देशनालय प्रमुख पोखरेलले भने।

उडिरहेको जहाजमा शौचालय जाँदै गरेका फलाइट डेकका पाइलटले यात्रुसँग फोटोग्राफी गर्दा कमजोर मनोबल भएका यात्रुमा असर पर्छ। ‘यस्ता गतिविधिले उड्डयनसम्बन्धी जानकारी नभएका, पहिलोपटक उडान अनुभव बटुलिरहेका यात्रुको मनोबल कमजोर बन्न सक्छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘कतिपय यात्रु आत्तिन सक्छन् भने कतिपयले सहज महसुस नगर्न सक्छन्। यो उडान सुरक्षाका लागि राम्रो होइन।’ त्यसैगरी नेपालबाहिर हुने अन्तर्राष्ट्रिय रुटमा अर्को डयुटीका लागि यात्रुसँगै सिटमा बसेर उडान भरिरहेका पाइलट तथा क्याबिन क्रुले पनि फोटोग्राफी गर्दा कपितय यात्रु त्रसित हुने, आत्तिने गरेको गुनासो आउने गरेको विभागका एक अधिकारीले बताए। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार