राजविराज, ५ वैशाख । कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी आज करागार चलान गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ का ६० वर्षीय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि राजविराजस्थित कारागार पठाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

पुनरावेदन अदालत राजविराजले २०६७ माघ १९ गते स्थानीय शुभलाल यादवको हत्या गरेको अभियोगमा यादवलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो । उनी त्यसैबेलादेखि परार थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार