झापा, २८ चैत । वर्षासँगै परेको चट्याङका कारण झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको थियो ।

चट्याङ लागेर बेहोस् बनेका उनलाई स्थानीयवासीले बिर्तामोडस्थित अस्पताल पठाए पनि रातिनै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाउको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार