काठमाडौं,चैत २८। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारी गरेका एमाले र माओवादी सम्मिलित बामएकता संयोजन समितिको बैठक बुधबार अपरान्ह बस्दैछ ।

बैठकमा यसअघि कार्यदलले सहमति जुटाउन नसकेका विषयमा सहमति जुटाउने प्रयास गरिने बुझिएको छ ।५ बजेपछि बस्ने बैठकमा विवादित विषयमा छलफल हुने र सकभर आजै ती विषयमा सहमति जुटाउने प्रयास हुनेछ।

गत चैत २० गते राजनीतिक र विधान तथा सांगठनिक कार्यदलले दुई प्रतिवेदन वुझाएपनि निर्वाचन चिन्ह, प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने या नराख्ने तथा एकीकृत पार्टीमा रहने सदस्य कुन पार्टीका कति भन्नेमा दलहरुवीच विवाद छ । तर, नेताहरुले भने बाहिर आएजस्तो विवाद नभएको दावी गर्दै अएका छन् ।

कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेपनि प्रतिवेदनबारे खासै छलफल भएको थिएन ।

प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै त्यसवारे छलफल गर्ने नेताहरुले बताएका थिए । प्रधानमन्त्रीको चैत २३–२५ भारत भ्रमण सकिएको २ दिन वित्दा पनि समितिको बैठक बस्न सकेको थिएन ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार