जोधपुर, भारत, २४ चैत । भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उनका वकीलले जानकारी दिए । भारतीय सञ्चारमाध्यमसँग वकील महेश बोहोराले भने, एक जना न्यायाधीसले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गर्नुभएको छ । सम्भवत उहाँ शनिबार नै जोधपुर जेलबाट छुट्नु हुनेछ ।

विश्वका केही धेरै पारिश्रमिक लिने अभिनेता मध्येका सलमान खानलाई बिहीवार राजस्थान राज्यको जोधपुरस्थित एक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो । अदालतले मुद्धाको अन्तिम टुंगो नलागेसम्म भने विदेश जानबाट रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार