काठमाडौं, चैत १६ । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा निधन भएको छ।

उनको भारतको एपोलो अस्पतालमा शुक्रबार साँझ सवा ५ बजे निधन भएको कांग्रेस स्रोतले जानकारी दिएको छ। खड्का मृगौला, छाती र नशाको समस्याबाट केही समययता पीडित थिए।

मृगौला प्रत्यारोपण गरेका खड्काको स्वाथ्य अवस्था नाजुक भएपछि गत फागुन पहिलो साता उनलाई उपचारका लागि दिल्ली लगिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार