काठमाडौं,१६ चैत। उपत्यकासहित देशका विभिन्न भागमा अझै दुई दिन पानी पर्ने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले मुलुकका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताइन् । नगरकोटीका अनुसार, प्री मनसुन सुरु भएकाले मौसममा एकाएक परिवर्तन आएको हो ।

‘मार्च, अप्रिल र मे महिनालाई प्री मनसुन मानिन्छ’, मौसमविद् नगरकोटीले मौसममा आएको परिवर्तनबारे जानकारी दिँदै भनिन्, ‘त्यसैले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी परेको छ ।’

बंगालको खाडीवाट आएको वायुको प्रभावस्वरुप मौसममा परिवर्तन आएको र यो वायु क्रमशः पुर्वतिर सर्ने मौसमविदको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार