काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताएकी छन्
। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना देखिएको उल्लेख गरिन् । निर्वाचनपछि पहिलो पटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरिन् ।
राष्ट्रपतिले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा पनि जोड दिइन् । उनले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउँदै नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय जगत्सँग उचित ढंगले समन्वय गरी मुलुक, छिमेक र विश्वमा शान्ति र समृद्धिका लागि सक्दो योगदान गर्न आह्वान पनि गरिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार