बर्दिवास, १३ फागुन। साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ ।

बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताए ।

आधारशिला स्थापनाको १५ औंँ वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हिन्दूहरुको आदिग्रन्थ ‘वेद’मा नै ‘सबै सँगै हिँडौँ, सबैसँगै बोलौँ’ भनिए पनि त्यसलाई कर्मकाण्डीय रुपमा लिइँदा असमानता बढेको बताएका छन् । समृद्ध भाषाले समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने विद्वानका मतलाई अब व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार