काठमाडौँ, १३ माघ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले भारतको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् ।

भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज अपराह्न ललितपुरमा आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले बहुआयामिक नेपाल–भारत सम्बन्ध २१औँ शताब्दी सुहाउँदो हुनुपर्ने बताए ।

दुईदशकपछि भारतमा एकमना सरकारले राज्य सञ्चालन प्रारम्भ गरेसँगै आर्थिक, सामाजिक, भौतिक प्रगतिको मार्गमा अग्रणी मुलुकका रुपमा आफूलाई भारतले चिनाएकाले उसको प्रगतिबाट नेपालले सिक्नुपर्ने उनीहरुको कथन थियो ।

शनिबार राजधानीको एक कार्यक्रममा पूर्वमन्त्री पशुपतिशम्शेर जबराले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरिबी घटाउने र जनतालाई फाइदा पुग्ने धेरै सुधारका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको दृष्टान्त प्रस्तुत गर्दै नेपालले पनि सुशासन प्रवद्र्धन एवं जनजीविकाका सवालमा भारतबाट धेरै सिक्न सक्ने बताए ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै असमान सन्धिको समीक्षा गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको सरकारका पालामा नेपाल–भारत सम्बन्धका सबै आयाममा छलफल र समीक्षा गर्न प्रबुद्ध व्यक्ति समूह ९इपिजी० गठन भएको बताए । उनले इपिजीबाटै २१औँ शताब्दी सुहाउँदो दुई देशबीचको सम्बन्धलाई नयाँ युगमा पु¥याउन सिफारिस हुने विश्वास व्यक्त गरे ।

पूर्व उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवले विशाल, शक्तिशाली र समृद्ध भारतले आफ्नो सुरक्षा चासोलाई नेपालसँग स्पष्ट रुपमा प्रस्तुत गरेर पारस्परिक साझेदारीका साथ नेपालसँग सहकार्य गर्नुपर्ने सुझाव दिए ।

अर्का पूर्व उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संघीय गणतन्त्र नेपाल निर्माणमा भारतको सद्भाव रहेको र तत्कालीन नेकपा माओवादी र सरकारबीच बाह्रबुँदे सहमति भारतमा नै हुनुले त्यसको पुष्टि गर्ने बताए ।

 

पूर्वमन्त्री अनिल झाले नेपाल र भारतबीचको अतुलनीय सम्बन्धलाई थप सुदृढ तुल्याउन एक अर्काले पिरमर्का बुझ्नुपर्ने बताए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार