काठमाडौं, ५ माघ । वीरगंज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगंजलाई नबनाउदासम्म आन्दोलन नरोकिने बताएका छन् ।
बिहीबार काठमाडौंको एक कार्यक्रममा वीरगंज राजधानी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो पूर्वाधारका अतिरिक्त अन्य सम्भवनाका हिसावमा प्रदेश नम्बर २ को राजधानी पर्साको वीरगंग बनाउनुपर्ने माग गरेको हो ।
संर्घष समितिका अध्यक्ष चौधरीले मधेशको नाममा राजनीतिक दलहरुबाट धोका घडि भएको आरोप लगाएका छन् । उनले भने,‘२००७ सालको क्रान्तिको शुत्रपात भूमि वीरगंज हो, उक्त आन्दोलनको पहिलो शहीद थिरबम मल्ल वीरगंज कै हुन, राज्यलाई ७८ प्रतिशत राजश्व बुझाउने जिल्ला वीरगंज हो, जनकपुरभन्दा हजारौ गुणा सम्भावना र पूर्वाधार भएको जिल्ला पर्सा हो, हरेक राजनीतिक आन्दोलनको मूख्य थलो वीरगंज हो, अन्तर्राष्ट्रिय विमान स्थल र फाष्ट ट्राक निमार्ण हुँदैछ, यस्ता तमाम कुराको आधारमा प्रदेश नम्बर २ को राजधानि वीरगंज हुनुपर्छ, वीरगंजलाई राजधानी नतोकेसम्म हाम्रो आन्दोलन रोकिदैन ।’
तीनपटक सांसद र दुईपटक मन्त्री बनिसेकका राजनीतिज्ञ चौधरीले मधेशको नाममा राजेन्द्र महतो र उपेन्द्र यादवले सबैभन्दा बढी गद्धारी गरेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार