काठमाडौं, २ माघ ।
दीपक मनाङ्गे जेल चलान भएका छन् । सर्वोच्च अदालतले मंगलबार फैसला सुनाउदै मनाङ्गेलाई ५ वर्षको जेल सजाय तोकेको हो । मनाङ्गेलाई ज्यान मार्ने उद्योग अन्तर्गत पाँच वर्षका लागि जेल चलान गरिएको हो । डनको छवी बनाएका मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट निर्वाचित भएका थिए । सर्वोच्चको यो फैसलासँगै उनको प्रदेशसभा संसदको पद पनि गएको छ । सर्वोच्चले गणेश लामालाई भने सफाई दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार