काठमाडौँ, १ माघ । स्थानीय विकासको सेरोफेरोलाई समेटेर तयार पारिएको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, साझा पार्टीका नेता गोविन्दनारायण तिमिल्सिनालगायतले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गरेका हुन् ।

जगन्नाथ काफ्लेद्वारा लिखित सो पुस्तकमा गाउँ र नगरलाई आगामी २० वर्षभित्र कस्तो बनाउने भन्नेबारेमा चर्चा गरिएको छ । लेखकले आफूले पढेको र देशविदेश घुम्दा देखेका विषयवस्तुलाई यथार्थ रूपले पुस्तकमा समेटेका छन् ।

करिब १६८ पृष्ठको सो पुस्तकको प्रकाशन खर्च लेखक आफैँले व्यहोनुभएको छ । पुस्तक बिक्रीबाट प्राप्त रकम काफ्लेले धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गर्ने जनाए ।

पुस्तकमा गाउँ–नगर विकासमा जनप्रतिनिधिले गर्नुपर्ने कामका योजनाबारे विस्तृत व्याख्या गरिएकाले स्थानीय जनप्रतिनिधिका निम्ति सो पुस्तक प्रभाबकरी हुने जनाइएको छ ।
पुस्तकभित्र सामाजिक सुरक्षा, दिगो विकास, स्थानीय निकायमा वित्तीय व्यवस्थापन, सुशासन, कृषि, वन, पूर्वाधार विकास र फोहरमैला व्यवस्थापन गर्ने जस्ता विषय समेटिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार