काठमाडौं, १५ पुुष ।
प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्।

जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक ९असई०, नायब निरीक्षक ९सई० र जवान छन्। प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी ९नायब महानिरीक्षक० एक डीएसपी ९नायव उपरीक्षक० दुई इन्स्पेक्टर ९निरीक्षक०, ३९ सई, ९२ असई, चार सय ६४ हवल्दार, ९३ जवान र १४ कार्यालय सहायकले जागिर छाडेका छन्।

आगामी असारसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ। गतवर्ष प्रहरी उपरीक्षकदेखि सहायकसम्म नौ सय ८८ जनाले विभिन्न बहानामा जागिर छाडेका थिए। यीमध्ये केहीले पेन्सन पाइसकेक, केहीले अमेरिकाको डीभीचिठ्ठा परेर त केहीले विदेशमा राम्रो काम पाएका कारण जागिर छाडेका छन्। आजको अन्न्पूर्णपोष्ट दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार