काठमाडौँ, २ पुस । यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । मोगिनीले खेलको १३ औं मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन् ।

यस्तै, खातुनले खेलको ६९ औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।

नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार