काठमाडौं,८ मंसिर । प्रजातन्त्र पुनर्बहाली भएयता निर्वाचन भएका वर्षहरूमा आर्थिक वृद्धिदर पनि ५ प्रतिशतभन्दा बढी भएको छ । निर्वाचनका बेला उपभोग अत्यधिक बढ्ने हुँदा समग्र अर्थतन्त्र विस्तार हुने गरेको हो ।

२०४८ देखि २०७३र७४ सम्मका ८ मध्ये ६ वटा निर्वाचन भएको वर्षमा उच्च वृद्धि भएको छ । प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो निर्वाचन हुँदा आर्थिक वर्ष २०४७र४८ मा ६।३ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।

२०५१ को मध्यावधि निर्वाचनका बेला हालसम्मकै उच्च ७।६ प्रतिशत वृद्धि हासिल भयो । उक्त वर्ष निर्वाचनसँगै २०४८ देखि सुरु भएको आर्थिक उदारीकरणको प्रभावसमेत देखिएकाले ऐतिहासिक वृद्धि भएको थियो । २०५६ को आम निर्वाचनमा ६।१ प्रतिशतले विस्तार भएको अर्थतन्त्रमा त्यसयताका दुई संविधानसभा निर्वाचनले पनि सकारात्मक प्रभाव पार्‍यो । २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा निर्वाचन हुँदा ५।८ प्रतिशत हाराहारी वृद्धि हासिल भयो ।

‘निर्वाचनका बेला अत्यधिक खर्च भएर उपभोग बढ्ने भएकाले उच्च वृद्धि हासिल भएको हो,’ पूर्वअर्थ सचिव रामेश्वर खनालले भने । बढेको खर्चकै कारण २०४९ र २०५४ मा प्रभाव नदेखिए पनि पछिल्लो स्थानीय तहको निर्वाचनको योगदान पनि अर्थतन्त्रमा देखियो । गत वर्षको ६।९ प्रतिशतको वृद्धि भयो । अघिल्लो वर्ष निकै न्यून वृद्धि भएकाले आर्थिक वर्ष २०७३र७४ मा बढी वृद्धि देखिएको हो । उक्त वृद्धिमा पनि निर्वाचनको भूमिका रहेको अर्थविद्हरू बताउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार