काठमाडौं । वरिष्ठ कवि राममणि ढुङ्गेलको एकल कविता वाचन सम्पन्न भएको छ । जनसाहित्यिक मञ्च नेपालले राजधानीमा गरेको कार्यक्रममा कवि ढुंगेलले आफ्ना उत्कृष्ठ कविता वाचन गरेका थिए । मञ्चले हरेक महिनाको दोस्रो शुक्रबार एकल कविता वाचन कार्यक्रम गर्दै आएको छ । वरिष्ठ प्रगतिबादी कवि राममणि ढुङ्गेलले विभिन्न समयमा रचना गरेका एक दर्जन कविता प्रस्तुत गरे । उनले बाइनाकुलर, कालुचाहरू कालुमानहरू, हात्ती स्पर्श , उकुच समय, चिप्लेटिडाडो, भालु पुराण, छारो उडाउने कोट, बाढी, समय पहाड, ठूलादाजु, लगायत कविता प्रस्तुत गरेका थिए । बाचित कविता माथि प्रा डा यादव प्रकाश लामिछानेले समीक्षा गर्दै, कवि राममणि ढुङ्गेलका कविताहरू चोटिला र मर्मस्पर्शी हुनुका साथै निरीह शोषित पिडित जनताका पक्ष्मा आवाज बुलन्द हुने गरेको बताए । कार्यक्रमको सभापतितब मञ्चका अध्यक्ष राम विनयले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ कवि एवम् पत्रकार रघुजी पन्त थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार