रामेछाप,१४ कात्तिक । पहिलो चरणको निर्वाचन आउन महिना दिन बाँकी रहँदा जिल्लामा चुनावी वातावरण तातेको छ । पहिलो चरण अन्तगत हुने जिल्लाहरुका यतिखेर राजनीति दलका नेता कार्यकर्ता चुनावी मैदामा उत्रिएका छन् । पहिलो चरण अन्तर्गत निर्वाचन हुने रामेछापमा पनि चुनावी सरगर्मी बढेको छ । जिल्लाको प्रदेशसभाका उम्मेद्धार रत्नबहादुर कार्कीले पनि चुनावी गतिविधीलाई तेज बनाएका छन् । नेपाली कांग्रेसका तर्फबाट क्षत्रे नम्बर १ का लागि प्रदेश सभा उम्मेद्धार बनेको कार्कीले घरदैलोलाई तिव्रता दिएका हुन् । चुनावी अभियानलाई सम्बोधन गर्दै कार्कीले विकास र समृद्धि आफ्नो सपना भएको बताएका छन् । कम्युनिष्टहरु झुटको खेती गर्न माहिर रहेको बताउदै कार्कीले मतदातालाई भ्रममा नपनै आग्रह गरे । रामेछापको विकासको लागि आफू सँधै क्रियाशील रहने बताउँदै कार्कीले चुनावी परिणाम जे जस्तो भए पनि आफू निरन्तर जिल्लाको विकासका लागि पर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार