काठमाडौं, १० असोज । जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन्। अन्य जिल्ला र भारतसम्मै पुग्छन्। घरहरुमा ताला मारिन्छ। एकरदुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरु अन्यत्र जान्छन्।

चिसो बढ्न सुरु भए पनि यसपटक भोट दिनुपर्ने भएकाले जिल्लावासीहरु बाहिर जान रोकिएका छन्। बरु अन्यत्र रहेका उम्मेदवारका आफन्त पनि हार(जितमा आफ्नो मतले प्रभाव पार्ने भन्दै जिल्ला आउन थालेका छन्।

सबै दलले आफ्ना निकटका मतदाता र कार्यकर्तालाई मंसिर १० अघि जिल्ला नछाड्न आग्रह गरेपछि मुस्ताङीको जाडो छल्लने उँधौली परम्परामा केही फेरबदल भएको छ। जाडो छल्न यहाँका बासिन्दा असोजदेखि नै तयारी थाल्ने र कात्तिक महिनाभरि राजधानीलगायत बेनी, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा जाने परम्परा छ। तर, अहिले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थानीयलाई जिल्लाबाहिर जान एक महिना ढिला हुने भएको छ।

सबै पार्टीले यहाँका गाउँगाउँ पुगेर चुनावअघि कहीँ नजान उर्दी जारी गरेको स्थानीयले बताए। उम्मेदवार र दलहरुको आग्रहका कारण जिल्लावासी मंसिर १० को मतदान समयको पर्खाइमा छन्। गत आइतबार उम्मेदवारी निश्चित भए पनि अधिकांशले चुनावअघि नै प्रचार थालेका थिए। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार