इलाम, ६ कात्तिक । रोङ गाउँपालिका–३ कुटीडाँडामा आज अपराह्न ३ बजेतिर विद्युत चुहिई आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीयवासी विमल खवासको घरबाट लागेको आगलागीबाट घरमा रहेका लत्ताकपडा, मालसामान सबै नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र सूर्योदय नगरपालिकाको दमकलको सहायताले करिब एक घण्टापछि आगलागी नियन्त्रणमा आएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए । आगोले छिमेकी कर्णाखर बाँस्कोटाका घरमा समेत सामान्य क्षति पुगेको छ । आगलागीबाट खवासको एकतले टिनको छाना भएको घर पूर्णरूपमा ध्वस्त भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार