काठमाडौं,१७ असोज । दँसैसँग केहीदिनलाई सुस्ताएको नेपाली राजनीतिमा सोमबार एकाएक नयाँ तरगं आएको छ । वर्षौदेखि चल्दै आएको नेपाली कम्युनिष्ट पार्टीहरुबीचको एकताको विषयमा सोमबारदेखि फेरि नयाँ तरगं र नयाँ बहस सुरु भएको छ । नेकपा एमालेसँग पार्टी नै एकता गरेर जाने नेकपा माओवादी केन्द्रले गरेको औपचारिक निर्णयलाई कतिपयले नाटकीय घटनाक्रम भनी टिप्पणी गरेका छन् । यसको बीचमा पनि माओवादीले एमालेसँग आगामी चुनावमै तालमेल र एकताकै औपचारिक निर्णय गरेकाले यो विषय नेपाली राजनीतिमा मज्जै बहस बनेको छ । माओवादको उक्त निर्णयसँगै राजनीतिले नयाँ मोड भने पक्कै लिएको छ । नेपालको हरेका परिवतर्न र घटनाक्रमलाई बाह्य शक्तिको प्रभाव भनी टिप्पणी गर्ने विगतको राजनीतिक संस्कार यो विषयमा पनि अछुतो नरहन सक्छ । यद्यपी यो प्रयास सफल हुँदा नेपालको आन्तरिक राजनीतिमा मात्रै होइन विश्वमै नयाँ सन्देश पनि जाने छ । सँगसँगै लामो प्रजातान्त्रिक इतिहास बनाएको नेपाली कांग्रेसलाई सम्हानिले र सुध्रिनै पर्ने बाध्यता बन्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार