पोखरा, २७ भदौ । पोखरामा अन्तर्राष्ट्रिय काव्य संगम भएको छ । पर्यटकीय नगरी पोखरामा सम्पन्न उक्त सम्मेलनमा विभिन्न देशका स्रष्टाहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा कवि कृष्ण प्रसाईको कविता संग्रह घामको विरासतको लोकार्पण गरियो । कविता संग्रह घामको विरासतको नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ सरूभक्त, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष्य निनु चापागाईँले लोकार्पण गरेका थिए । कार्यक्रममा धम्बुसमा साहित्य गोष्ठी भएको र पोखरामा वृहत कविगोष्ठीसमेत सम्पन्न भएको थियो । काव्य संगममा चार दर्जन कविले आआफ्ना कवितावाचन गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार