काठमाडौं, १२ साउन । महिलाहरुको पर्व तिजको पूर्व सन्ध्यामा नेपालमा मात्र होइन बेलायतमा पनि म्यूजिेक भिडियो निकालिएको छ ।

लन्डनको एक ब्रीजमा रातो साडीमा ठाटिएर नेपाली महिलाले नाचेको दृश्यले स्वदेशी तथा विदेशीको मन समेत जितेको छ ।बेलायत अल्डरसट निवासी लिला विश्वकर्माको शब्द र गायिका जिना रसाइलीको स्वर रहेको ‘तीजमा बरिलै’ गीतमा भिडियो बनाइएको हो ।

नेपाली संस्कृति झल्काउने गरि तीज गीतको सुटिंग गरिएको यो पहिलो भएको लिला विश्वकर्मा बताँउछिन् । बेलायतमा बसे पनि नेपालको संस्कृती बचाउनु आफ्नो कत्र्तव्य भएको उनको भनाई छ ।

भिडियो कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन एवं सुस्मिता थापाको नृत्य निर्देशनमा निर्माण गरीएको छ ।

भिडियो हेर्नुस्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार