काठमाडौं, १० साउन । त्रिचन्द्र बहुमुखी क्याम्पस नेपाली विभागले क्याम्पसको शतवार्षिकीको पूर्वसन्ध्यामा सेवा निवृत्त पाँच प्राध्यापकलाई सम्मान गरेको छ ।

सम्मानित प्राध्यापकमा टेकप्रसाद घिमिरे, लक्ष्मीकान्त पन्थी, शशीधर खनाल, ढाकाप्रसाद घिमिरे र माधवप्रसाद घिमिरे छन् । प्राध्यापकका साथ उनका धर्मपत्नीलाई पनि सम्मान गरिएको हो ।

क्याम्पस प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपाने, प्राध्यापक संघ त्रिचन्द्र क्याम्पस एकाइ सभापति बब्लुकान्त ठाकुर र विभागीय प्रमुख उषा अधिकारीलगायतले सम्मानित प्राध्यापकले नेपालको शैक्षिक उन्नयनमा पु¥याउनुभएको विशिष्ट योगदानको कदरस्वरुप सम्मान गरिएको बताएका छन् ।

नेपाली विभागले २०६८ सालबाट सेवा निवृत्त प्राध्यापकलाई सम्मानको कार्यक्रम राख्दै आएको छ । विज्ञान र मानविकी संकायमा स्नातकोत्तरसम्मको पढाइ हुने त्रिचन्द्र कलेजमा हाल ११ हजार २०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार