काठमाडौं ,साउन ९ । पत्रकार विनीता मरहट्टाको तीज गीत ‘टिमिक्कै चोली’ सार्वजनिक भएको छ। गीतको शब्द पत्रकार मधु शाहीको हो । पत्रकार मरहट्टाको स्वरमा सजिएको गीतमा ज्योतिप्रकाश विकले संगीत भरेका छन्।

राजधानीका विभिन्न स्थलमा छायांकन भएको म्युजिक भिडियोमा पत्रकार मरहट्टा, मधु शाही र मुना पन्थीले अभिनय गरेका छन्।
सुमन सागरजंग केसीले निर्देशन गरेको म्युजिक भिडियोलाई खेमराज, ज्योतिप्रकाश र नवराजले संयुक्त रुपमा छायांकन गरेका छन् भने सम्पादन सुरेश राउतले गरेका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार