काठमाडौँ, साउन ९ । फेडोल उत्कृष्ट सिर्जना पुरस्कार २०७३ यस वर्ष वरिष्ठ साहित्यकार रामप्रसाद पन्तद्धारा लिखित “साहित्यकार यात्रा” नामक कृतिलाई प्रदान गरीएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. गङ्गाप्रसाद उपे्रतीले पन्तलाई पुरस्कार प्रदान गरेका छन् । पन्तले दुई दर्जन बढी पुस्तक प्रकाशित गरीसकेका छन् । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले गत वर्षबाट प्रदान गर्न शुरु गरेको उक्त पुरस्कारको राशि दश हजार रुपैयाँ रहेको छ ।
पुरस्कार वरिष्ठ साहित्कारलाई सम्मान र नवसर्जक साहित्यकारलाई प्रोत्साहन गर्नका लागि स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष साहित्यकार  अध्यक्ष राममणि ढुंगेलले बताए ।

ढुङ्गेलले आफ्ना बाबुआमाको सम्मान र सम्झनामा पुरस्कार स्थापना गरेका हुन् । कार्यक्रममा फेमकुमारी डोरनाथ ढुङ्गेलकी पुत्री देवकी ढुङ्गानाको तर्फबाट पचाँस हजार रुपैयाँ अक्षयकोष प्रदान गरिने घोषणा उनका छोरा निर्मल ढुङ्गानाले गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार