काठमाडौ, ६ चैत्र । काठमाडौको भृकुटी मण्डप स्थित नेपाल टुरिजम बोर्डमा जारी पाँचौ मानव अधिकार चलचित्र महोत्वस आज समापन हुँदै छ । चार दिनको चलचित्र महोत्वसको अन्तिम दिन महोत्वसमा उत्कृष्ट ठहरिएका चलचित्रहरुलाई पुरस्कृत समेत गरिने छ ।
महोत्वसका चार जना जुरी सदस्य भारतीय निर्देशक गिरिश कसारावल्ली, बंगलादेशी चलचित्र समिक्षक अहमद मुज्तबा जमाल, नेदरल्याण्ड्सकी चलचित्र निर्देशक क्लेमन्टाईन इडरभिन र नेपाली निर्देशक तुलसी घिमिरेले छानेका विभिन्न ५ उत्कृष्ट चलचित्रलाई पुरस्कार वितरण गरिने छ ।

यस पटक पुस्कारको रुपमा सुरुवात स्वरुपनै भए पनि केहि नगद पुरस्कारको समेत ब्यवस्था गरिएको महोत्वसका निर्देश पाण्डव खत्रीले बताउनु भयो । चलचित्र पुरस्कृत गरिने हरु मध्ये उत्कृष्ट अन्तराष्ट्रिय वृत्तचित्र र कथानक तथा उत्कृष्ट नेपाली वृत्तचित्र तथा कथानक प्रत्येकलाई ४० हजार नगद पुरस्कार प्रदान गरिने पाण्डव खत्रीले बताउनु भयो । पाँचौ पुरस्कारको रुपमा रहने जुरी अवार्डमा भने नगद पुरस्कार नरहने पाण्डेले बताउनु भयो ।

महोत्वसमा विश्वभरीका ३८ देशमा झण्डै एक सय चलचित्र प्रदर्शन हुँदै छन् । महोत्वसको समापन चलचित्रको रुपमा भुषको लोग्ने प्रदर्शन हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार