काठमाडौ, ३ चैत । काठमाडौमा आज देखि नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदै छ । काठमाडौको प्रदर्शनी मार्ग भृकृटी मण्डप स्थित नेपाल पर्यटन बोर्डको हलमा सुरु हुने महोत्वस ४ दिन सम्म चल्ने छ । महोत्सवमा विश्वभरीका ३८ देशबाट छानिएका झण्डै एक सय वटा छोटा तथा लामा चलचित्र प्रदर्शन गरिने छन् ।

महोत्सवको उद्घाटन आज राष्ट्रिय मानव अधिकार अयोजका अध्यक्ष्य अनुपराज शर्माले गर्नु हुनेछ । चलचित्र महोत्वसको उद्घाटन सिनेमाको रुपमा देवकी विष्टको वृत्तचित्र ‘देउकी’ प्रदर्शन गरिने छ ।

महोत्सवमा विश्व प्रशिद्ध भारतीय निर्देशक गिरिश कसारावल्ली, नेदरल्याण्डस्की प्रशिद्ध निर्देशक केलेमन्टाइन, बंगलादेशका फिल्म समिक्षक तथा फेस्टिभल आयोजक महमद मुज्तबा जमाल र नेपालका प्रशिद्ध निर्देशक तुलसी घिमिरे जुरीको रुपमा रहेछन् ।
महोत्सवका क्रममा गिरिस कसारावल्लीको मास्टर क्लास पनि हुने छ । मास्टर क्लासको संचालन प्रशिद्ध नेपाली निर्देशक छिरिङ रितार शेर्पाले गर्नेछन् । महोत्सवका क्रममा अहमद मुज्तबा जमालको समेत लेक्चर आयोजना हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार