काठमाडौँ, १ चैत । नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवको पाँचौ संस्करण “मेरो पनि अधिकार छ”  भन्ने मूल नारासहित आगामी चैत्र ३ उद्घाटन हुनेछ । नेपाल पर्यटन बोर्डमा उद्घाटन हुने महोत्सवमा देवकी विष्टले निर्देशन गरेको “देउकी” उद्घाटन चलचित्रको रुपमा प्रदर्शन गरिनेछ । उक्त चलचित्रमा नेपालको पश्चिम र सूदुरपश्चिमाञ्चल क्षेत्रमा परम्परागतरुपमा धर्म र परम्पराका नाममा युवतीलाई मन्दिरमा चढाउने (देवीका नाममा छोडिदिने) परम्परागतको चित्रण गरिएको छ ।

नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव ३ देखि ६ चैत्र २०७३ गते (ज्ञट(ज्ञढ ःबचअज द्दण्ज्ञठ) सम्म नेपाल पर्यटन बोर्डमा सञ्चालन हुनेछ । महोत्सवमा विश्वका ३८ देशबाट प्राप्त ९० भन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा विश्वभरिका विभिन्न देशबाट कथानक (फिक्सन), वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शन गरिनेछ भने उत्कृष्ट अन्तर्राष्ट्रिय र राष्ट्रिय कथानक र वृत्तचित्रलाई पुरस्कृत गरिनेछ । ४ चैत्र (१७ मार्च)मा “मानवअधिकार र नेपाली चलचित्र” र ५ चैत्र (१८ मार्च) “नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण” भन्ने विषयमा छलफल पनि आयोजना हुनेछ । यसका साथै ५ चैत्र (१८ मार्च)मा चर्चित भारतीय चलचित्र निर्देशक गिरिस कासरावल्लीको मास्टर क्लास पनि आयोजना हुनेछ ।

नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्रका चर्चिच निर्देशक तुलसी घिमिरे, भारतीय चलचित्रका प्रसिद्ध निर्देशक गिरीश कासरावल्ली र बंगलादेशका चलचित्र समीक्षक अहमद मुज्तबा जमाल र डच चलचित्र निर्माता क्लेमेन्टाइन इड्रिभनले निर्णयकको भूमिका निर्वाह गर्नेछन् ।

महोत्सवको समापनमा निर्णयकहरुले छनौट गरेका चारओटा चलचित्र “राइनो अवार्ड (च्जष्लय बधबचम)” प्रदान गरिनेछ । छनौटमा परेका उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र र वृत्तचित्रका साथै उत्कृष्ट नेपाली चलचित्र र वृत्तचित्रका साथै एउटा जुरी अवार्ड प्रदान गरिनेछ ।
महोत्सवको उद्घाटन राष्ट्रिय मानवअधिकार अयोगका अध्यक्ष अनुपराज शर्मा, संयुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडीपी)का प्रमुख रेनोड मायरले उद्घाटन गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार