काठमाडौँ, २० फागुन । अमिताभ बच्चन अभिनित बलीउड चलचित्र भुतनाथका निर्देशकले नेपाली चलचित्र निर्माता रोज राणामाथि अपहरणको आरोप लगाएका छन् । उनले रोजले आफुलाई अपरहण गरेको भन्दै भारतीय विदेश मन्त्री सुषमा स्वराजसमक्ष उजुरी समेत गरेका छन् ।

बलिउड निर्देशक विवेक शर्माले नेपाली निर्माता रोज राणासँग मिलेर नेपाली चलचित्र बनाउन लागेको भनि केहि समय पहिले निकै चर्चा भएको थियो । ‘मेरो पैसा खोई’ नामक उक्त चलचित्रको सुटिङ समेत शुरु भईसकेको बताईएको थियो । चलचित्रमा सौगात मल्ल, वर्षा रावत, वर्षा सिवाकोटी लगायतले अभिनय गर्न लागेको बताईएको थियो । चलचित्रमा भारतीय कलाकारहरु जुही चावला, राजपाल यादव र सञ्जय मिश्राले समेत अभिनय गर्ने चर्चा थियो । चलचित्रको पटकथा संवाद र निर्देशन विवेक शर्माले गर्ने बताईएको थियो भने चलचित्रको निर्माता रोणा राणा थिए ।

भारतीय पत्रिका मिड डेमा प्रकाशित समाचारका अनुसार निर्देशक शर्माले रोज राणाले आफुलाई अपहशरुण गरेर फिल्मका फुटेज सबै नियन्त्रणमा लिएको आरोप लगाएका छन् । राणाले उनलाई चलचित्र निर्देशन बापत २५ लाख पारिश्रमिक र चलचित्रबाट हुने मुनाफाको ४० प्रतिशत दिने सहमति भएको तर राणाले सम्झौता गर्न नमानेको र सम्झौता गर्न दवाव दिँदा आफुलाई गुण्डा लगाएर अपहरण गरेको शर्माले आरोप लगाएका छन् ।

शर्माले विश्वासको भरमा सुटिङ सुरु गरि ३५ प्रतिशत सुटिङ समेत भईसकेको अवस्थामा आफुलाई रोजले अपहरण गरेपछि आफु भागेर भारत पुगेको समेत दावी गरेका छन्

विवेकले निर्माता रोज राणालाई अपराधी भएको समेत आरोप लगाएका छन् । उनले रोजको वास्तविक नाम सरोज थापा रहेको आफुले निकै पछि मात्र थाहा पाएको र उनले आफुलाई अपहरण गरेको बारे भारतीय विदेश मन्त्रालयमा उजुरी गरेको समेत बताएका छन्।
केहि समय अघि रोजले भने भारतीय निर्देशकले आफुलाई धोखा दिएको र सुटिङ गरिएका सबै फुटेज लिएर भारत भागेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार