DSC_2039

निरंकुस पंचायत व्यवस्थाले जनताको स्वतन्त्रता कुुुुण्ठित गरेको समयमा नेपाली राजनीतिमा बिद्यार्थीको उपस्थिती न्यून थियो । नेपाली कहिल्यै अरुको अधिनमा नभएपनि आन्तिरक रुपमा कहिले राजा त कहिले राणाको शासनमा बस्नु प¥यो । विश्वभरी भएका विद्यार्थी आन्दोलन कहि सफल त कहि असफल । नेपाली राजनीतिमा नेपालको जनसंख्याको ठुलो हिस्सा रहेको युवा विद्यार्थी वर्गलाई संगठात्मक रुपमा संगठित गर्नुपर्ने आवश्यकता थियो । यो काम नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापती बि.पी.कोईरालाले महसुस गरे । वि.स.२०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना भयोे ।
प्रजातन्त्र पुनास्थापनापछि राजनीति र सरकराले स्थायित्व प्राप्त गर्ने र देशमा आर्थिक क्रान्ति भई विकासको मुल फुट्ने आम जनअपेक्षा विपरित देशमा माओवादी युद्ध र विभिन्न अराष्ट्रियतत्वका कारण विद्यार्थी संगठनले विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुनुप¥यो । कतिपय अवस्थामा हिंस्रक क्रियाकलापका कारण राजनीतिक संगठनहरु बदनाम समेत हुन पुगे । करिब पच्चिस बर्षको प्रजातान्त्रिक अभ्यास पश्चात विकृतिको जालोमा अल्झेको लोकतन्त्र भन्ने शब्दको नै अपभ्रशं हुन पुगेको छ ।
अस्थिरता र अराजकताको भुमरीमा नेपाल विद्यार्थी संघ समेत फस्न पुग्यो । ने.वि.संघको एघारौ महाधिवेशन सम्पन्न गर्न कटिवद्ध नेतृत्व माथि दुव्यवहार हुनु र पटक पटक असफल पार्न लागिपर्नु आमजनमानसमा निराशजनक रह¥यो । ६ दशक लामो नेपाली जनताले आफ्नो संविधान आफै लेख्ने सपना पुरा भएको छ । संविधान जारी हुने बित्तिकै छिमेकी राष्ट्र भारतद्धारा भुकम्पले छियाछिया भएको देशमा युद्धमा समेत मानवताका खातिर अख्तियार नगरिने कठोर नाकाबन्दी ग¥र्यो । जसका कारण निरास बनेका जनता नेपाल विद्यार्थी संघ अब सामाजिक अन्यायको विरुद्धमा र शैक्षिक स्वतन्त्रताको पक्षमा रहदै आर्थिक क्रान्तिको मुद्दामा सहयोगी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छन । उग्रवाद र अराजकताबाट देशलाई बचाउ भन्ने महामानव वि.पी. कोईरालाको यो महान वाण्ीलाई आत्मसाथ गरि भविष्यमा ने.वी.संघका सिपाही साथीहरुले नेपाल विद्यार्थी संघमा आवद्ध भई विद्यार्थी हकहितको लागि पुन एकपटक लोकतान्त्रिक संघर्ष गर्नुपर्ने आजको आवश्यकता बनेको छ ।
आज विश्वको एउटा पाटो चन्द्रमाको छातीमा ओहोरदोहोर गरिरहेको आवस्थामा हामी भने व्यवहारिक शिक्षा नीतिबाट आझैपनि टाढानै छौ । अहिले विश्वले खोजेको के हो अनी त्यो खोजमा हामी नेपाली विद्यार्थीवर्गले कति योग्दान गर्ने भन्ने कुरा नै व्यवहारिक शिक्षाको प्रमूख बहस हुनुपर्छ । प्राविधिको गतिलाई नियाल्ने हो भने अहिले हरेक दिन जसो नयाँ कोशेढुंगा थपिएको छ तर हाम्रो देशमा त्यहि गति अनुरुप शिक्षानीतिमा परिमार्जन किन हुन सकेन बरु यसको पनि चिरफार गरेर आगामी दिनमा शिक्षामा एउटा व्यवहारिक बनाउनु पर्छ । शिक्षाकम राम्रो र जनमुखि नीति ल्याउन आवश्यक देखिएको छ । ने.वि.संघले यस्ता विशेष कुरामा ध्यान दिएर शैक्षिक क्रान्तिको अगुवाई गर्नु आजको प्रमूख जिम्मेवारी हो ।
विगत केहि समयलाई नियाल्ने हो भने विभिन्न कारणले गर्दा विद्यार्थी संगठनहरु बदनाम भैरहेको महसुस हुन्छ । हुनसक्छ काहि कतै आफ्ना जिम्मेवारीबाट ने.वि.संघ पनि चुक्यो होला तर अब एउटा सुनौलो बिहानी रचेर त्यो अन्धकारलाई हटाउने बाटोमा लाग्नुपर्छ । अबको नेतृत्वमा यी सबै कुराहरुको दुरदर्शिता अनिवार्य छ । यदि यस्तो दुरदर्शीता हुन सकेन भने ने.वि.संघको भाग्य र भविश्य अध्यारो यात्रामा जाने छ ।
अबको न.वि.संघलाई स्वच्छ, कर्तव्यपरायण र व्यवहारिक बनाउनु अनिवार्य छ । ने.वि. संघ भनेको भविष्यको लागि दुई चारवटा सांसद जन्माउने थलो हो भन्ने केहि कमजोर मानसिकता भएका नेताहरुले गर्दापनि आज संगठन अफ्नो बहावबाट अलिकति बिचलित भएको कुरालाई नकार्न सकिदैन । त्यसैले अबको ने.बि.संघमा बौद्धिक वर्गको बढी भन्दा बढी उपस्थिती हुनुपर्छ । अबको ने.वि.संघ साच्चै विद्यार्थी, समाज अनि राष्ट्रको हितलाई ध्यानमा राखेर अघि बढ्ने खालको हुनुपर्छ । शिक्षाक्षेत्रमा भएका समस्याहरुलाई केलाउन नसक्ने अनि समस्याको समाधान नखोज्ने नेतृत्व हुने हो भने ने.वि.संघको एघारौ महाधिवेशन पनि प्यानडोराज बक्स हुन केहि बेर लाग्दैन ।
संगठन भित्रका कुरितिहरुलाई उखल्ने, अनुशासित संगठन बनाउँने, विधानलाई समयअनुसार परिमार्जित गर्ने तथा आधारभुत र बैज्ञानिक तत्वहरुलाई लागुगर्ने र ने.वि.संघप्रति विद्यार्थीहरुमा जागेको वितृष्णा मेटाउने नेतृत्व अबको आबश्यकता हो । ने.वि.संघ साच्चै विद्यार्थीहरुको संगठन हो भन्ने भावना जगाउँनु पनि नयाँ नेतृत्वको महत्वपुर्ण जिम्मेवारी हुनेछ । आज कयौ बिद्यालय तथा क्याम्पसहरुमा शैक्षिक मुद्दाहरु थन्किएर बसेका छन् । विद्यार्थी संगठनहरु चिर निन्द्रामा भएको मौका पारि शौक्षिक माफियाहरु दिन दोगुना र रात चौगुना दलालीमा संलग्न छन् । व्यापारमुखी शैक्षिक समस्याहरु बर्खाको च्याउ झै मौलायाका छन् । कति शैक्षिक संस्थाहरुले आधारभुत शैक्षिक मापदण्ड समेत पुरा नगरी सीधै व्यापारीक दृष्ट्रिकोणबाट काम गरिरहेका छन् । यस्ता गतिविधिको जरो फाल्ने कामको सुरुवात नयाँ नेतृत्वले गर्नुपर्छ ।
ने.वि.संघ युवाहरुको बौद्धिक केन्द्र पनि भएकाले शौक्षिक क्षेत्र मात्र हैन सिंगो नेपालले धेरै आशा गर्ने संगठन हो । आफ्नो मुलभुत कार्यक्षेत्र शिक्षा क्षेत्रलाई बनाएर अरु पनि राष्ट्रिय हकहित र समाजका आवश्यकता पुर्ति गर्नुपर्ने चेतना नयाँ नेतृत्वमा हुन जरुरी छ ।
अबको नयाँ नेतृत्व सहितको ने.वि.संघ पहिले भन्दा अझ जुझारु हुदै आफ्ना विगतका कमि कमजोरीलाई सुधार गरि विद्यार्थी हकहितमा काम गर्ने विद्यार्थीको साझा संगठनका रुपमा अगाडी बढ्नुपर्ने देखिन्छ । विभिन्न समयमा देखिएका वैदेशिक हस्तक्षेप र तानासाहाबाट उकुसमुकुसस भएको राष्ट्रलाई जोगाई समृद्द राष्ट्र निर्माण गर्नुपर्ने जिम्मेवारीलाई हामीले नकार्नु हुदैन ।
व्यबहारिक ज्ञान र प्राविधिक शिक्षाकको कमीले दैनिक हजारौ युवाहरु खाडिको मरभुमिमा श्रम बेच्न बााध्य छन । यी युवावर्गलाई नेपालमै समय सपेक्ष सिप र रोजगारीको ग्यारेन्टि गर्न नसक्नु र अभै पनि घिनलाग्दो राजनीतिक लुछाचुडीमै लाग्नु गैरजिम्मेवारिपना हो । तसर्थ अबको ने.वि. संघको नेतृत्वले यी तमाम समस्याको सामाधान गरि युवावर्गको ढुकढुकी भई अगाडी बढ्नुपर्ने देखिन्छ । यसका लागि अवको नेतृत्वमा साच्चै युवा बौद्धिक अनि जुझारु विद्यार्थीहरुको नै संलग्नता हुनुपर्छ भन्ने हो । राजधानी र सहर केन्द्रित राजनीति गर्ने अनि गाउँमा जान डराउने अवसरवादी तत्वहरुबाट ने.वि. संघ जस्तो संघठनलाई जोगाउनुपर्छ भन्ने हो ।
ने.वि संघले अहिले सम्म देशमा राजनीतिक परिवर्तनकोलागि लडेको हो । अबको चुनौति भनेको आर्थिक समृद्धिमा देशलाई लैजानु पर्ने छ । विपिले देखेको समृद्ध समाजमा नेपाललाई पुगाउनु छ । यसकालागि अब राजनीतिक र आर्थिक भिजन भएको नयाँ नेतृत्व नेविसंघमा आउनु पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार