वर्षमा एक दर्जन विद्यार्थी एसएलसीमा फेल भएको भन्दै आत्महत्या गर्थे । मैले विश्वबजारमा जस्तै यहाँ पनि ग्रेडिङ सिस्टम हुनुपर्छ र फेल हुने परीपाटी अन्त्य गर्नुपर्छ भन्ने माग राखेको हुँ ।

nainshing mahar 23पटक पटक घोषणा हुँदै स्थगन भएको नेपाल विद्यार्थी संघको महाधिवेशन यसपटक भने हुने निश्चित प्राय भएको छ । नेविसंघ मात्र नभई तरुण दल तथा महिला संगठनको समेत लामो समयदेखि अधिवेशन नभएका कारण लिडरसिप जाम जस्तै भएको छ । शेरबहादुर देउवा पार्टी सभापति भए लगत्तै सबै भ्रातृ संगठनको अधिवेशन गर्न निदेर्शन दिएसँगै अधिवेशनको तयारी देखिएको हो । प्रस्तुत छ यसैक्रममा अध्यक्षका प्रत्यासी नैनसंह महरसँग नेपालभाष्करले गरेको कुराकानीः

नेविसंघको महाधिवेशन यसअघि पनि धेरै पटक घोषणा हुँदै अन्तिम समयमा आएर स्थगन भएको छ । यसपालीको अधिवेशनको तयारी कस्तो छ ?
अधिवेशन हुने बारे यसपटक भने शंका छैन । अधिवेशन निश्चित प्राय भइसक्यो । विशेषगरी अधिवेशनका लागि चाहिने पूर्व तयारी पूरा भएको छ । डेलिगेट्सको ६४ जिल्लाको कुरा टुगिंएको छ । बाँकी ११ जिल्लाको पनि अधिवेशन अगाडि बढेका कारण अधिवेशनको सुनिश्चिता थपिएको छ । त्यसमा पनि शेरबहादुर देउवा पार्टी सभापति लड्ने बेलामा पनि नेविसंघ लगायतका संगठनलाई निर्वाचनबाटै चुस्त र दुरुस्त बनाउछु भनेर कमिटमेन्ट पनि गर्नु भएको छ । अधिवेशनको मार्फत केन्द्रदेखि संगठनसमेतमा आन्तरिक प्रजातन्त्र कायम गराउछु भन्ने उहाँको प्रतिवद्धता थियो । यसकारण पनि पार्टी सभापतिका लागि उहाँलाई नेपाली कांग्रेसका बहुसंख्यक प्रतिनिधीले साथ दिएका हुन् । आफू निर्वाचति भइसकेपछि केन्द्रिय समितिको पहिलो बैठकबाटै सबै भ्रातृ संगठनको ६ महिना भित्र अधिवेशन गरी सक्ने निर्णय गराउनुभयो ।

वर्षमा एक दर्जन विद्यार्थी एसएलसीमा फेल भएको भन्दै आत्महत्या गर्थे । मैले विश्वबजारमा जस्तै यहाँ पनि ग्रेडिङ सिस्टम हुनुपर्छ र फेल हुने परीपाटी अन्त्य गर्नुपर्छ भन्ने माग राखेको हुँ । जुन पूरा पनि भएको छ । सेमेस्टर प्रणाली थोरै भएपनि अगाडि बढेको छ । मैले उठाएका धेरै कुराहरु पूरा भएका छन् । अझ केही बाँकी छन् जस्तै ग्रामीण बालविकासका कुराहरु । सहरमा मात्र केन्द्रित रहेको मन्टेस्वरी शिक्षालाई गाउँमा नलगीकन एसएलसी वा विश्वविद्यालयमा राम्रो प्रतिफल खोज्नु बेकार हुन्छ । बालबिकास कसरी हुन्छ ?

यसकारण पार्टी सभापति देखि सबै तह र तप्कामा रहेको नेतृत्व तथा स्वयम विद्यार्थी संघका नेता समेत महाधिवेशनका लागि लागेकोले अधिवेशनको वातावरण बनेको छ । नेविसंघको केन्द्रिय बैठकले पनि पार्टीको निर्देशनलाई स्वीकार गर्दै साउन २३, २४ र २५ मा अधिवेशन गर्ने निर्णय गरिसकेकाले समग्र स्थिती नेविसंको महाधिवेशनमय भएको छ । अर्को कुरा लामो समयसम्म इकाईदेखि क्षेत्रीय तथा केन्द्रीय तहसम्म विभिन्न जिम्मेवारीमा भएका वा नभएका सबैकाबीचमा ९ वर्ष पछि यो अवसरलाई क्यास गर्ने अवसर मिलेको छ । ९ वर्षसम्म नेतृत्व जाम हुँदा सबै साथीहरुले यो बुझेका छन कि व्यक्तिको स्वार्थ भन्दा अब भने संगठनको हितका लागि काम गर्नुपर्ने रहेछ भन्ने उनीहरुले बुझेका छन् । त्यसमा पनि अहिलेको वर्तमान अवस्थामा माले,मसाले र मण्डलेको सरकारले राज्यको ढुकुटीमा ब्रम्ह्लुट गर्दै छ र स्थानीय निकाय,प्रदेश तथा केन्द्रको निर्वाचनको लागि वातावरण बनाउनुपर्ने अवस्था छ यस्तो अवस्थामा पार्टीको नर्सरीका रुपमा रहेको नेविंघलाई अझ बढी शसक्त र गतिशील बनाउन आवश्कय छ ।

लामो समयपछिको यो महाधिवेशन प्रतिपस्र्धात्मकरुपमा कत्तिको चुनौतीपूर्ण छ ? 13528722_1052831721452599_6913759666952870825_n

स्वभाविकरुपले अरुपटक अन्य सामान्य अवस्थामा पनि कम्तीमा ३ देखि ४ जनासम्म प्रतिस्पर्धी हुने अवस्था हो । यसपटक ९ वर्षसम्म पनि महाधिवेशन नभएका कारण सबै साथीहरु मेच्युर्ड भइसक्नु भएको छ । सबैमा एकपटक नेविसंको नेृतत्वमा काम गरेर पार्टी राजनीतिमा काम गर्छु भन्ने सोच राख्नु अन्यथा होइन । यस्ता सोच राख्ने हजारौ साथीहरु छन् ।

 

 

मैले उठाएका धेरै कुराहरु पूरा भएका छन् । अझ केही बाँकी छन् जस्तै ग्रामीण बालविकासका कुराहरु । सहरमा मात्र केन्द्रित रहेको मन्टेस्वरी शिक्षालाई गाउँमा नलगीकन एसएलसी वा विश्वविद्यालयमा राम्रो प्रतिफल खोज्नु बेकार हुन्छ । बालबिकास कसरी हुन्छ ? राज्यले त्यहाँदेखि नै लगानी गर्नुपर्छ । विकट तथा गाउँ गाउँका जनताका छोराछोरी पनि कसरी गुणस्तरीय शिक्षा पाउने विषयमा अबको विद्यार्थी आन्दोलन जानुपर्ने छ । अब बन्ने हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने विषयमा विद्यार्थी आन्दोलनको ध्यान जार्नुपर्ने छ ।

इकाइदेखि जिल्ला तथा क्षेत्रमा बसेर काम गरेका नेता साथीहरुले नेविसंको नेतृत्व गर्छु भनेर लाग्नु भएको हो । यो स्वभाविक पनि यसका लागि उनीहरु सबैले यो अधिकार राख्छन् । उनीहरुको योगदान नेविसंघमा छ । ९ वर्षसम्म नियिमित अधिवेशन भएको भए धेरै नेतृत्व पासआउट भइसक्थयो । तर पार्टीको हस्तक्षेत्र तथा नेविसंघकै अकर्मण्यातका कारण चार पाँच वटा अधिवेशन मिस भए । यसपालीको अधिवेशन सदस्यदेखि पदाधिकारीसम्म नै धेरै आकांक्षी साथी देखिनेछन् ।
यो अधिवेशनमा तपाईको उम्मेद्धारी किन नि ?
नेविसंघको यसपटकको नेतृत्व मैले पाउनु पर्छ भन्ने दाबी गरिरहेको छु । बिगत ९ वर्षदेखि पटक पटक घोषणा हुने र रोकिने हुँदा पनि म अध्यक्षको प्रत्यासीकारुपमा रहेको छु । विद्यार्थी आन्दोलनदेखि नेविसंघकै आन्दोलनमा म सक्रियतापूर्वका लागेको छु । विद्यार्थी आन्दोलन अहिले केही फेरिएको पनि छ । सांगठनिक स्वरुप पनि फेरिएको छ राजनीतिक चिन्तन पनि फेरिएका छन् । स्थापनाकालमा २०२७ सालको विद्यार्थी संघ जस्तो नभएर अहिले संघीय गणतन्त्रात्मक राजनीतिक परिवेश छ । सांगठनिकरुपमा हामी एउटा मात्रै विश्वविद्यालयमा थियौं । अरु ठाउँमा हाम्रो संगठन थिएन । अहिले ९ वटा संगठनहरु छन् । नर्सरीदेखि विभिन्न विश्वविद्यालयलेको तथ्यांक हेर्ने हो भने ९६ लाख विद्यार्थीहरु पढिरहेका छन् । उनीहरुको वर्गीय हित तथा शैक्षिक हितका लागि उनीहरुसामु पुगन आवश्यक छ । प्रतिस्पर्धी विश्वबजारमा हाम्रो उत्पादनले प्रतस्पर्धा गर्नुपर्ने छ । यसका लागि पनि नेतृत्वले केही योगदान दिनुपर्ने छ । मैले विद्यार्थी संघको तर्फबाट उठाएका केही माग अहिले राज्य सम्बोधन गरेको छ । सर्टिफिकेट राखेर ऋण लि पाउने व्यवस्थाको माग नेविसंघबाट मेरो नेतृत्वमा भएको हो । खुला विश्वविद्यालय मेरो माग थियो । वर्षमा एक दर्जन विद्यार्थी एसएलसीमा फेल भएको भन्दै आत्महत्या गर्थे ।

व्यक्तिवादी प्रवृत्ती हावी भइरहेका बेलामा नैतिकतामा आधारित मानवतावादी शिक्षाको कुुरा मैले उठाएको हुँ । प्राइभेट शिक्षालाई राज्यले नियन्त्रण गर्न आवश्यक छ । अन्य विकसित देशहरुमा हेर्नुस निजी स्कुलमा पढाउने कमै हुन्छन् । सरकारी स्कुलमा भर्ना नपाएपछि मात्रै निजी स्कुलमा पढाउछन् । त्यसैले निजी क्षेत्रमा देखिएको मनपरीतन्त्रलाई राज्यमा केन्द्रित गर्नुपर्छ ।

मैले विश्वबजारमा जस्तै यहाँ पनि ग्रेडिङ सिस्टम हुनुपर्छ र फेल हुने परीपाटी अन्त्य गर्नुपर्छ भन्ने माग राखेको हुँ । जुन पूरा पनि भएको छ । सेमेस्टर प्रणाली थोरै भएपनि अगाडि बढेको छ । मैले उठाएका धेरै कुराहरु पूरा भएका छन् । अझ केही बाँकी छन् जस्तै ग्रामीण बालविकासका कुराहरु । सहरमा मात्र केन्द्रित रहेको मन्टेस्वरी शिक्षालाई गाउँमा नलगीकन एसएलसी वा विश्वविद्यालयमा राम्रो प्रतिफल खोज्नु बेकार हुन्छ । बालबिकास कसरी हुन्छ ? राज्यले त्यहाँदेखि नै लगानी गर्नुपर्छ । विकट तथा गाउँ गाउँका जनताका छोराछोरी पनि कसरी गुणस्तरीय शिक्षा पाउने विषयमा अबको विद्यार्थी आन्दोलन जानुपर्ने छ । अब बन्ने हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने विषयमा विद्यार्थी आन्दोलनको ध्यान जार्नुपर्ने छ । हरेक प्रदेशमा कृषि विश्वविद्यालय,प्राविधिक विश्वविद्यालय बनाउन जस्ता धेरै काम गनुपर्ने छ । शिक्षामा धनी र गरिबबीचको खाडल बनेको छ यसलाई कम बनाउदै सबैका लागि गुणस्तरीय शिक्षा बनाउन आवश्यक छ । शिक्षामा नैतिकताको ह्रास भएको छ । यसकालागि नैतिकतामा आधारित मानवतावादी शिक्षा भए मात्रै शिक्षाले फड्को मार्न सक्छ । देशका लागि राम्रो डक्टर, इन्जिनियर मात्र होइन राम्रो शिक्षक, राम्रो सचिव तथा राम्रो राजनीतिकर्मी पनि चाहिन्छ । यसैले व्यक्तिवादी प्रवृत्ती हावी भइरहेका बेलामा नैतिकतामा आधारित मानवतावादी शिक्षाको कुुरा मैले उठाएको हुँ । प्राइभेट शिक्षालाई राज्यले नियन्त्रण गर्न आवश्यक छ । अन्य विकसित देशहरुमा हेर्नुस निजी स्कुलमा पढाउने कमै हुन्छन् । सरकारी स्कुलमा भर्ना नपाएपछि मात्रै निजी स्कुलमा पढाउछन् । त्यसैले निजी क्षेत्रमा देखिएको मनपरीतन्त्रलाई राज्यमा केन्द्रित गर्नुपर्छ ।

Nainsinghmahar
तपाईले नै आधिकारिक टिकट पाउने कुराको के आधार छ ?
हामी फरक विद्यार्थी संगठनसँग लडिरहेका छैनौ । नेपाली कांग्रेसको विभाजन बडो पीडादायी थियो । हामी अलगथलग भएर बस्यौ । एकतापछि पार्टीले दुईवटा महाधिवेशन गरिसक्यो तर नेविसंघले महाधिवेशन गर्न सकेको छैन । यसकारण नेविसंघको यो एकताको महाधिवेशन हो । एकताको महाधिवेशन भएकाले सबैलाई मिलाएर लैजानसकने परिस्थिती छ । पार्टी विभाजन हुनुअघि देखि २०५७ सालमै म नेविसंघको केन्दिय सदस्य बनेदेखि आजसम्म संगठनको केन्द्रीयतहमा सक्रिय छु । नेसवसंघमा देखिएका फरक फरक समूहलाई मिलाएर लैजानसक्ने मेरो क्षमता छ । ७५ जिल्लामै संगठनको कामले पुग्दै गर्दा त्यहाँ म कुनै समूह वा गुटको भेला गरिन् । तपाईले मेरो रेकर्ड हेर्नसक्नुहुन्छ । प्रत्येक क्याम्पसमा पुगेको छु कहीँ पनि मैले गुटको पैतिनिधित्व गरेको छैन । आन्तरिक प्रतिस्पर्धा गरिहेकाले कसैले दिने या नदिने भन्ने होइन । प्रजातन्त्रमा आन्तरिक प्रतिस्पर्धा त हुन्छ नै । तत्कालीन पार्टी सभापतिले नैनसिंह महरले चुनाव जित्ने भो आफू निकटको मान्छे हार्ने भयो भन्ने ठानेर पटक पटक अधिवेशन अन्तिम रोकिएको छ । तर अहिले परिस्थिती फेरिएको छ । अहिले पनि हामी मिलेनौ भने माले मसाले र मण्डले शिकार हुनेछौ । यसकारण यिनीहरुको अधिनायकत्व तोड्नलाई हामीबीचको एकता आवश्यक छ । यो एकताको सन्देश यही विद्यार्थी संगठनको चुनावबाट दिऔं ।
तपाईहरुले बिगतमा परिवारवाद हावी भयो भनेर कोइराला परिवारको विरोध गर्नुभयो । पार्टी सभापति र तपाई एउटै जिल्लाबासी हो । भोलि क्षेत्रीयताको आलोचना हुन्छ कि भन्ने भयका कारण नेविसंघको टिकट तपाईलाई सभापतिले दिदैनन भन्ने बाहिर चर्चा छ नि ?
यो कसैको दिवास्वप्न हो । कमजोरहरुले चलाएको हल्ला मात्र हो । तपाईलाई थाहा छ प्रजातन्त्रमा विपीका तिनै भाइ प्रधानमन्त्री भए । सामाजिक परिवेशलाई हेर्ने हो भने पनि दाजुभाइ आफन्त एउटै पार्टीभित्र राम्रोसँग स्थापित छन् । प्रतिसपर्धामा आउनेले आफूसँग खास क्षमतानभएपछि चलाएको हल्ला हो । अहिलेका प्रतिस्पर्धीसँग म सँग जस्तो संगठनलाई मिलाएर लैजाने क्षमता पनि छैन । चुनाव लडेर आएको अनुभव पनि छैन । हाइस्कुलको इकाइ अध्यक्षदेखि केन्द्रिय समितिमा पनि चुनाव लडेरै आएको अनुभव छ । संगठनको भनेको कसैलाई दान या बक्सिसकारुपमा दिइने होइन । संगठनको जिम्मेवारी भनेको उसको क्षमता भर पर्ने कुरा हो । बौद्धिक, झुजारु तथा संगठनलाई गती दिने मानिस चाहिन्छ । संगठनलाई समयअनुकुल लैजान सक्ने क्षमतामा ममा छ । हिजो पार्टी महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्धवारी दिँदै गर्दा धेरै नेताहरुको नेविसंघ नेतृत्व गर्न तपाई पार्टी राजनीतिमा अहिले आउनु हुँदैन । तपाई भएन भने नेविसंघको नेतृत्व नै छैन भन्ने दबाब रह्यो । यसकारणले पनि संगठनलाई नेतृत्व दिने मेरै जिम्मेवारी हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार