लिंकन,रुजवेल्ट र केनेडीको अभियानमा लाग्दा विश्व शान्तिको आशा

Yubaraj-4

प्रसिद्ध विचारक नोम चोम्स्कीले पटकपटक दोहोर्याइरहेको अभिव्यक्ति हो, अमेरिका ुसाम्राज्यवादी शक्ति नै हो।ु उनी हार्बर्ड विश्वविद्यालय जस्तो प्रख्यात विश्वविद्यालमा अध्यायपन गर्ने प्राध्यापक हुन् अहिले एमआईटीमा अध्यापन गर्दछन्।
प्रसिद्ध ुपुलित्जर एवार्डु प्राप्त पत्रकार क्रिस हेज भन्छन्, ुअमेरिकी शासन व्यवस्था ुकर्पोरेट फासिजमु ९कम्पनीहरूले चलाएको फासीवाद० हो।ु क्रिस हेज न्युयोर्क टाइम्सका निवर्तमान विदेश संवाददाता हुन्।
प्रसिद्ध अमेरिकी अर्थशास्त्री डेविड हार्वी भन्छन्, ुअमेरिकी पुँजीवादु ऋणको व्यवस्थापनमा टिकेको विकृत पुँजीवाद हो। यी तिनैजानाको एउटै विचार छ, अमेरिका सबैभन्दा ठूलो हतियारको कारखाना हो। उसको परराष्ट्र नीति ुफोसिल ऊर्जाको शोषण, सत्ता परिवर्तन र हातहतियारको व्यापारको प्रवर्धन गर्नु हो।
उनीहरू यो पनि भन्छन्—सन् १९३० पछाडिको अमेरिका ६ वटा वित्तीय कम्पनी ९बैंक० र केही बहुराष्ट्रिय कम्पनीहरूले चलाएको शासन सत्ता हो। अठार प्रतिशत जनता निर्वाचनमा भाग लिन्छन्, निर्वाचनमा चन्दा उठाउने होडबाजी चल्छ र ुबालस्ट्रिटु ९वित्तीय कम्पनीहरूको केन्द्र० ले त्यसैलाई सबैभन्दा बढी चन्दा दिन्छ जसलाई उसले जिताउन चाहेको छ।
यस्तो पृष्ठभूमिमा भावी अमेरिकी राष्ट्रपतिको निर्वाचन दौडमा देखिएको एउटा प्रवृत्ति के देखियो भने अमेरिकी जनताको ठूलो हिस्सा खासगरी युवा पुस्ता प्रजातान्त्रिक समाजवादमा विश्वास गर्दो रहेछ। यस निर्वाचनमा तीनवटा फरक प्रवृत्ति भएका तीनजना उम्मेदवारहरू निर्वाचनको दौडमा छन्। त्यसमध्ये एकजना हुन् हिलारी क्लिन्टन।
उनले आफ्नो अटो वायोग्राफीमा नेपालका बारेमा नितान्त झुठो कुरा लेखेकी छन्। उनले लेखेकी छन्, ुनेपाल अत्यन्त फोहोर देश हो, मानिसहरू बाटोमा दिसा गर्छन्। नेपालको एकदिने भ्रमणमा जाँदा होटेल र्याडिसनले पोखरीमा भएको सबै पानी फ्याँकेर मिनर वाटर भरेछ मेरा लागि।ु यदि यो सत्य नै हो रहेछ भने हिलारी अमेरिकी सभ्रान्तको प्रतिनिधित्व गर्ने उम्मेदवार रहिछन् भन्न सकिन्छ।
अर्का उम्मेदवार हुन डोनाल्ड ट्रम्प। उनी टेलिभिजनमा ुरियालिटी सोु आयोजना गर्ने अर्बपति हुन्। उनी छुचो बोल्छन् तर सत्य बोल्छन्। आप्रवासीप्रति अनुदार यिनी मेक्सिको र अमेरिकाका बीचमा पर्खाल लगाउने र पर्खालको खर्च मेक्सिकोलाई व्यहोर्न लगाउने कुरा गर्दछन्।
अमेरिकालाई फेरि एउटा बलियो देश बनाउन उनी चाहन्छन्। ओबामाको असफल परराष्ट्र नीतिको तीव्र आलोचक यिनी ुइराक र लिबियाु मा अमेरिका असफल झुठ्ठो प्रमाणित भएको आरोप लगाउने मात्र होइन, ती आक्रमण त्रुटिपूर्ण भएको दाबी गर्छन्।
सिनेटर बर्नी स्यान्डर्स ुअमेरिकी पुँजीवादको तीव्र आलोचक रहेका छन्। उनी एउटा नयाँ राजनीतिक क्रान्तिको कुरा गरिरहेका छन्। बर्नी प्रजातान्त्रिक समाजवादको पक्षमा गरिबहरू, युवा, कामदारहरू र विद्यार्थीको नेतृत्व गरिरहेका छन्।
उनी भन्छन्, ुसन् १९३० पछाडि अमेरिकी अर्थतन्त्रको साँचो ६ वटा वित्तीय संस्थाको एकाधिकारमा पुगेको छ। सुनको ठाउँमा ुट्रेजरी वण्डु अमेरिकी डलरको ुसुरक्षण प्रत्याभूतिु बनेको छ।
सुनको प्रत्याभूतिमा छापिने डलरका नोटहरू अहिले जति चाहियो त्यति छापिन्छ र त्यसको प्रत्याभूतिका लागि ुट्रेजरी वण्डु बिक्री गरिन्छ। तसर्थ ६ वटा वित्तीय संस्थाहरू टाट पल्टिए भने अमेरिकी अर्थतन्त्रको पनि टाट पल्टिन्छ।
उनी भन्छन्, ुचार करोड ७० लाख मानिस सरकारले प्रदान गरेको मासिक तीन सय डलरको भरमा बाँच्न बाध्य छन्। २७ लाख मानिसको रोजगारी समाप्त भई बेरोजगार बनेका छन्। अमेरिकाको मध्यव वर्ग गरिब बनेको छ।
सम्पूर्ण राष्ट्रको आधाभन्दा बढी आम्दानीमा माथिल्लो दश प्रतिशतको अधीन छ र त्यस दश प्रतिशतभित्रको एक प्रतिशत धनी मानिसले यस्ता आम्दानीको आधा भागमा अधीन जमाएको छ र यस एक प्रतिशतभित्र पनि त्यो सम्पत्तिमा करिब ६ सयवटा ठूलठूलो राष्ट्रिय र बहुराष्ट्रिय निगमको अधीन कायम छ।
ती ६ सय कम्पनीमध्ये ६ वटा वित्तीय कम्पनीले त्यस आम्दानीमाथि नियन्त्रण गरेका छन् र अमेरिकको सरकार पनि उनीहरू नै चलाउँछन्। उनको विचारमा अमेरिकाको संस्थापन राजनीति भनेको ुअमेरिकी सम्पत्ति र सत्ताु को समीकरण हो जसको प्रतिनिधित्व ६ वटा वित्तीय संस्थाले गर्ने गरेका छन्।
यी तीनजना उम्मेदवारको एउटा अर्को विचित्रको विशेषता देखिएको छ। बर्नी स्यान्डर्सलाई उनका प्रत्येक समर्थकले जनता २७ डलरका दरले चन्दा दिइरहेका छन्। उनको चुनावको खर्च आम गरिब जनताको चन्दाबाट उठिरहेको छ। डोनाल्ड ट्रम्प आफ्नो खर्च आफैं व्यहोरिरहेका छ।
हिलारी क्लिन्टनको खर्च धनी वित्तीय संस्थाहरूले व्यहोरिरहेका छन्। बर्नी स्यान्डर्सका विरुद्ध डेमोक्र्याटिक पार्टीका संस्थापकहरूले व्यापक धाँधली गरिरहेका कुरा त्यहाँका स्वतन्त्र बुद्धिजीवीहरू आरोप लगाउँछन्।
अमेरिकाको सञ्चारमाध्यम धनी कम्पनीहरूका नियन्त्रणमा छन्। ती सञ्चारमाध्यमहरू ुबर्नीु लाई जोकर मान्छन्। अमेरिकामा जसले समाजवादको कुरा गर्छ त्यसलाई संस्थापनले कम्युनिस्ट मान्छ। जसले अमेरिकाको सत्ता परिवर्तन र युद्धको विरोध गर्छ त्यसलाई पनि संस्थापनले कम्युनिस्ट नै मान्छ।
बर्नीलाई यही आरोप छ। उनका विरुद्धमा धाँधली भइरहेको छ। आम अमेरिकी जनता बर्नीलाई स्वतन्त्र उम्मेदवारको रूपमा लड्न सल्लाह दिइरहेका छन्। उनको स्वतन्त्र उम्मेदवारीले हिलारीको हार सुनिश्चित हुन्छ र रिपब्लिकन उम्मेदवार ट्रम्पले जित्ने निश्चित छ।ट्रम्पलाई हराउन सक्ने उम्मेदवार बर्नी स्यान्डर्स हुन् तर डेमोक्र्याटिक पार्टीले उनलाई धाँधली गरेर उम्मेदवार हुन दिँदैन। यदी बर्नी स्यान्डर्सले निर्वाचनबाट आफूलाई फिर्ता गरे भने ट्रम्पको जित सुनिश्चित हुन्छ र हिलारीले उम्मेदवारी फिर्ता गरिन् भने स्यान्डर्सले ट्रम्पलाई जित्ने छन्। तर अमेरिकी वित्तीय फासीवादले यसो हुन दिँदैन।
स्लोभानियन दार्शनिक जिजेक भन्छन्, ुबाहिरबाट हेर्दा जुन कुरालाई लोकतन्त्र देखिन्छ, भित्रपट्टि त्यो विकृत पुँजीवादको रूपमा रहेको छ।ु हिलारी क्लिन्टनको विगतले के देखाएको छ भने उनी सत्ता परिवर्तनमा सक्रियतापूर्वक लागिन्।
लिबिया र इजिप्टमा विप्लव गराइन् र अन्त्यमा सिरियामा संस्थापनका विरुद्ध विद्रोह रचाइयो। त्यसको परिणाम ुआईएसु को जन्म भयो। हिजो ुअरबको बसन्तु भनी तारिफ गरिएको घटनाले आज मानव संहारको रूप लिइरहेको छ। हिलारीको राष्ट्रपतित्व कस्तो होला रु अनुमान गर्न सकिन्छ।
उनले विल क्लिन्टनदेखि ओबामासम्मका महँगा त्रुटिहरूलाई लुकाउन ुसत्ता विप्लवु कै रणनीतिलाई प्राथमिकता दिनेछिन्। उत्तर कोरियालाई नष्ट गर्ने हर्कतले दक्षिण पूर्व एसियामा अशान्तिको उदय हुने सम्भावना छ। यसबाट एसियाको बढ्दो आर्थिक उन्नतिलाई अवरोध पुग्ने खतरा छ।
पेट्रोलियम उत्पादनको कब्जा निरन्तर राख्ने उनको नीतिले अरबमा तनाव यथावत् रहनेछ र ुटेरोरिजमु समस्या झनै बढ्नेछ। उनको ुसफ्ट प्रभावु को नीतिभित्र नागरिक समाजको सम्बन्धको विस्तार रहनेछ। त्यसको तात्पर्य हो ुलोकतन्त्रु र ुमानव अधिकारु को वकालत।
यस बहानामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू विकासोन्मुख देशहरूमा ुलोकतन्त्र र मानवअधिकारु को पाठ सिकाउने नाममा ती देशका अन्तरिक मामिलामा हस्तक्षेप गर्न सक्रिय रहेनछन्। उनीहरूले धर्म परिवर्तन, सरकारका निकायहरूलाई भ्रष्ट बनाउने कार्य र परिवर्तनका नाममा अस्थिरतालाई प्रवर्धन गरिरहने छन्। विद्रोहीहरूको खेती गर्नु र उनीहरूको मानव अधिकारको चर्चा उठाएर राष्ट्रहरूको सार्वभौमसत्ता र अखण्डतालाई चुनौती दिनु उनीहरूको मुख्य काम हुनेछ।
डोनाल्ड ट्रम्पको विजयले सबैभन्दा ठूलो मार अमेरिकी बहुराष्ट्रिय निगमलाई पर्ने छ। ट्रम्प अमेरिकामा हुने उत्पादनलाई महत्व दिई रोजगारी निर्माणलाई मुद्दाको रूपमा उठाइरहेका छन् र उनी राजनीतिभन्दा अर्थतन्त्रको पक्षमा छन्। यसो भयो भने ुअमेरिकाको नाजायज हस्तक्षेपमा कमी आउने छ र विश्वको अन्य भागमा आर्थिक विकासका लागि आवश्यक स्थायित्वको निर्माण हुनेछ।ु
बर्नी स्यान्डर्सले राष्ट्रपतिको चुनाव जित्ने मौका पाए भने ुविकृत पुँजीवादको विस्तारमा अमेरिकाले गर्दै आएको परम्परागत राजनीतिक हस्तक्षेप घट्नेछ। अमेरिकी जनताको हातमा राजनीति फर्किने सभवना बढ्नेछ।ु
जेहोस् करिब एक शताब्दीपछि अमेरिकामा राजनीतिक बहस सुरु भएको छ। बर्नी स्यान्डर्सले अमेरिकाको राजनीतिलाई युवा र कामदार वर्गमा पुर्याएका छन्। लोकतन्त्रका नाममा वित्तीय अधिनायकत्वमा फसेको लिंकन, रुजवेल्ट र केनेडीको देशका जनताले लोकतन्त्रको अनुभूति गर्न पाउने अवस्थाको सिर्जना गर्न बहसको सुरुवात भएको छ।
साँढे अनुशासित भयो भने वरिपरी शान्ति छाउँछ। अमेरिकी राजनीतिमा लोकतान्त्रिक बहस र संस्कारको विकास भयो भने त्यसले मानवीय मर्यादा र आदर्शलाई अंगाल्न थाली हतियार बनाई युद्धको बजार चलाउने काम बन्द गर्नेछ। यसले विश्वले भोगिरहेको ुटेरोरिजमु को समाधानको बाटो समाउनेछ।
अरेबियन जनताले आफ्नो स्रोतमाथि आत्मनिर्णयको अधिकार पाएमा उनीहरूको अमेरिकी एवं पश्चिम विरोधी आतंकहरू आफैं शिथिल हुनेछन्। डेभिड हार्वी भन्छन्, ुएउटा उद्योगपतिले उत्पादनको प्राजेक्ट बनाउँछ र त्यसलाई कार्यान्वयन गर्न बैंकबाट कर्जा लिन्छ।
उसले त्यसबाट केही नाफा गर्छ र ऋण चुक्ता गर्छ। फेरि प्रोजेक्ट बनाउँछ र ऋण लिन्छ। यो चक्र निरन्तर चलिरहन्छ। उद्योगपति असफल भए वित्तीय कम्पनी डुब्छ। बैंक टाट पल्टिए उद्योगहरूमाथि लगानी गर्ने रकम हुँदैन। यसलाई ुऋण व्यवस्थापनमा आधारित पुँजीवादु भनिन्छ।
माक्र्सले भनेको पुँजीवाद यो होइन। यो पुँजीवाद ुविकृत दलाल पुँजीवाद होु। हार्वीका भनाइमा ुअमेरिकी पुँजीवाद खास पुँजीवाद होइन यो विकृत ुऋण व्यवस्थापनको पुँजीवाद हो।ु उनी भन्छन्, ुयो चाँडै आफैं ढल्दैछ।
विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले हाम्रा पूर्व अर्थमन्त्री रामशरण महतको सहयोगमा नेपालमा आयात गरेको पुँजीवाद पनि विकृत पुँजीवाद नै हो। यसलाई हाम्रा ुइकोनोमेट्रिकु का जानकार, वित्तविज्ञहरु, कांग्रेस नेता, एमालेका नेता र माओवादीका नेताहरू बोकेर हिँडिरहेका छन्। बर्नी स्यान्डर्सलाई धन्यवाद दिनुपर्छ। उनले यसलाई चुनौती दिएका छन्। संसारको सबै जनताले अमेरिकी जनताको राजनीतिक क्रान्तिलाई सघाउनु समयको माग हो।

स्रोतः अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार