damabar
संसारमा दुई विचारधारा छन् । त्यो भन्दा दायाँ बायाँ अरु हुन सक्दैन भन्ने विचार त्याग्नु पर्छ । कुनै पनि चीजको विकास र प्रोसेस हुन्छ । दर्शन विचारको पनि विकास हुन्छ । सुरुमा क्याल्कुलेटरको उत्पादन भयो । यसमा केही बटनमा दबाएर परिणाम आउने भयो । यस्तै कम्युटर बन्यो । तर क्यालकुलेटरलाई कम्युटर त भन्दैनौ नि । म्याथोलोजी मिल्छ । तर त्यसमा विकास भएको हो । मौलिक पनि हुन्छ ।
अहिलेको नयाँ शक्ति भनेको एक्काईसौ शताब्दीमा आईपुग्दा १८औ, १९औ र २०औ शताब्दीमा भएका दर्शनको लडाई संसारमा भएको थियो । त्यसको परिणाम के आएको थियो । त्यसको कन्कुलजन बाट नयाँ शक्ति बनाएका हौं । त्यसबाट नयाँ दर्शनको विकास गर्ने हो । यसमा पूँजीवादका राम्रा पक्ष पनि यसमा आउछन् । हामीले भनेका पुराना समयका कयांै दर्शनहरु पनि आउछन् । तर सुरु मै दर्शन कि पूँजीवादी हुन्छ कि समाजवादी अथवा साम्यवादी हुन्छ भनेर विश्लेषण गरेमा त्यो नयाँ नयाँ शक्तिमा देखिदैन ।
मार्क्सवादको सामान्य नियम छ । पक्ष विपक्ष हुन्छ । एकता र संघर्षको नियम छ । मात्रा र गुणाको नियम छ । निषेधको नियम छ । आधार र अधिसंरचना छ । तर विज्ञान त्यति मै सीमित छैन । न्यूटनको युग, ग्यालिलियोको युग सोसल साइन्स अहिलको जस्तो थिएन ।
हामीले मान्ने द्धन्द्धवाद भौतिकवाद हो । यो मार्क्सवादको जिस्ट पनि यही हो । द्धन्द्धवादी भन्ने बित्तिकै मार्क्सवाद होइन । बुद्ध, हेराकिल्टस, ओसो, लावत्से पनि द्धन्द्धवादी हुन् । त्यो समयमा द्धन्द्धवाद दर्शनको टेन्डेन्सी हो । यो माक्र्सवादी युगमा आएपछि एडभान्स व्याख्या हो भनियो सबैले मान्यौ । तर अहिले यसले मात्र पुग्दैन ।

राजनीतिमा पूँजीवादले आवधिक निर्वाचन, प्रतिनिधि मुलक लोकतन्त्र, विचारको स्वतन्त्रा, व्यत्तिगत स्वतन्त्रता , कम्युनिष्टहरुमा रुसी र चीनिया मोडेल छन् । लेनिन र माओको चिन्तनमा आधारित हुन्छ । एक किसिमको कम्युन प्रणाली । जहाँ मल्टी पार्टी सिस्टम हँुदैन, आवधिक निर्वाचन हँुदैन, त्यहा कहीँ न कहीँ जनाको विचार कुण्ठित भएको हुन्छ । कम्युनिष्ट पार्टीका नेता विवेक भएकाले जनताका लागि काम गरिरहेका हुन्छन् भन्ने छ । हामीले यस्तो लोकतन्त्र चाहेका होइनौ ।

अहिले मोर्डन साइन्सलाई मिलाएर लैजानु पर्छ । मोर्डन सोसोलोजी जोडेर पुन व्याख्या गर्नु पर्छ । त्यो भनेको विज्ञानमा आएको परिवर्तन हो । आइस्टाइनको सापेक्षता सिद्धान्त र क्वान्टम थ्योरी नयाँ आएका छन् । जुन मार्क्सको समयमा थिएन । राजनीतिमा पूँजीवादले आवधिक निर्वाचन, प्रतिनिधि मुलक लोकतन्त्र, विचारको स्वतन्त्रा, व्यत्तिगत स्वतन्त्रता , कम्युनिष्टहरुमा रुसी र चीनिया मोडेल छन् । लेनिन र माओको चिन्तनमा आधारित हुन्छ । एक किसिमको कम्युन प्रणाली । जहाँ मल्टी पार्टी सिस्टम हँुदैन, आवधिक निर्वाचन हँुदैन, त्यहा कहीँ न कहीँ जनाको विचार कुण्ठित भएको हुन्छ । कम्युनिष्ट पार्टीका नेता विवेक भएकाले जनताका लागि काम गरिरहेका हुन्छन् भन्ने छ । हामीले यस्तो लोकतन्त्र चाहेका होइनौ । यो घोषित रुपमा नै हामीले मान्दैनौ । कम्युनिष्टहरुले मानेको लोकतन्त्र हामी मान्दैनौ । लोकतन्त्रका मोडल पनि विभिन्न किसमका हुन्छन् । एउटा समाजवादी लोकतन्त्र जुन रुस, चीन, उत्तर कोरिया यो मोडेल हामीले मान्दैनौ । अर्को अहिले चलन चल्तीमा रहेको लोकतन्त्र यो पनि पूर्ण छैन । यसका केही राम्रा पक्ष हामी लिन्छौ । हुबहु मान्दैनौ । हामीले अपनाउने भनेको सहभागिता मुलक, समानुपातिक लोकतन्त्र अथवा सहभागितामूलक लोकतन्त्र हो ।

समानुपातिक पनि अहिलेको जस्तो होइन । समानुपातिकमा निर्वाचन आयोगमा गरेर हुन्छ । उनीहरुले कसरी जित्छ भन्ने कुरा निर्वाचनले नै गर्छ । दर्शनमा द्धन्द्धवाद नै हो तर मार्क्सको पालाको होइन । न्यूटनीय युगको होइन । लोकतन्त्र नै मान्ने हो तर अहिलेको अवस्थाको होइन । अहिलेको जस्तो प्रतिनिधिमूलक होइन । संसदीय, कम्युनिष्ट, सामाजिक र प्रजातान्त्रिक लोकतन्त्र होइन । हाम्रो लोकतन्त्र भनेको पार्टीसिपेन्ट लोकतन्त्र हो ।

अहिले स्वीजरल्याण्डमा मात्र हामीले भनेको लोकतन्त्र छ । अरु देशमा यो छैन । भारतमा भरखर नो भोटको अधिकार दिइएको छ । तर पार्टीसिपेन्ट लोकतन्त्र भनेको यत्ति मात्र होइन । हामी अहिले पार्टी मै यो अभ्यास गर्दैछौ । जस्तो नयाँ शक्तिको संयोजक अथवा अध्यक्ष हुन पाँच लाख पार्टी सदस्य छन् भने ति सबैको मतबाट निर्वाचित भएर आउनु पर्छ । यो लोकतन्त्रको अभ्यास हुने छ नयाँ शक्तिको ।
लोकतन्त्रलाई सीमित गरे कार्यकर्ता किन बेच गर्न सकिन्छ तर लोकतन्त्रलाई फराकिलो बनाउने हो भने राम्रो हुन्छ । अहिले संसदीय राजनीतिका कारण बदनाम भएको हो । प्रतिनिधिमुलक छ । यही भएर त प्रतिनिधि किन बेच हुन्छन् । जब कि एक जना उम्मेद्धारले आफ्ना प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचन जितेर अध्यक्ष हुुन पर्छ । यसका लागि कति जना किन्न सक्छन् । यहाँ त सीमित कार्यकर्ता अथवा प्रतिनिधिबाट अध्यक्ष चुनिन्छन् ।
समानुपातिक पनि अहिलेको जस्तो होइन । समानुपातिकमा निर्वाचन आयोगमा गरेर हुन्छ । उनीहरुले कसरी जित्छ भन्ने कुरा निर्वाचनले नै गर्छ । दर्शनमा द्धन्द्धवाद नै हो तर मार्क्सको पालाको होइन । न्यूटनीय युगको होइन । लोकतन्त्र नै मान्ने हो तर अहिलेको अवस्थाको होइन । अहिलेको जस्तो प्रतिनिधिमूलक होइन । संसदीय, कम्युनिष्ट, सामाजिक र प्रजातान्त्रिक लोकतन्त्र होइन । हाम्रो लोकतन्त्र भनेको पार्टीसिपेन्ट लोकतन्त्र हो ।
सामाजिक रुपमा नेपाललाई तीन कलस्टरमा बाँढेका छौ । भाषिक ,सांस्कृतिक ऐतिहासिक र मनोवैज्ञानिक रुपमा भिन्न छन् । मधेशी, जनजाति र खस आर्य । यसमा भाषिक सामाजिक रुपमा भिन्नता छ । यी तीन वटैको एकता नै राष्ट्रियता हुन्छ । यी तीनवटैलाई फुटाएर होइन एकतामा ल्याएर राष्ट्रियत एकता हुन्छ । यो तीनलाई राजनीतिमा र राज्यमा लागु गर्नु पर्छ ।

हाम्रा कार्यकर्ता पूर्णकालीन हुँदैनन । सबै श्रमसँग जोडिने छन् । श्रमबाट बचेको समय राजनीतिमा दिने छन् । सर्वहाराका साथीहरुलाई पनि पार्टीमा श्रमसँग जोड्ने छौ सहकारीबाट भएपनि ।
साम्यवादसँग कुनै सम्बन्ध छैन नयाँ शक्तिको । समुन्नत समाजावाद भन्नुको अर्थ गरीबिको वितरण गर्ने होइन समृद्धिको वितरण गर्ने भनेको हो । हामी न माक्र्सवादी समाजवादी हौ । न त प्रजातान्त्रिक समाजवादी हौ ।

वर्गीय विश्लेषणमा पनि हामी अरु भन्दा भिन्न छौ । एउटा सर्वहारा अर्को पूँजीपति वर्ग मात्र हुन्छ भन्ने कुरा मान्दैनौ । यी दुई वर्गमा झगडा हुनु पर्छ भन्ने मान्यता राख्दैनौ । अहिले विश्वमा मिडिल क्लास धेरै बढेको छ । यससँग ओनर सिप र श्रम सँगै हुन्छ । जस्तो एक जना शिक्षक छ । उसले स्कुल पनि खोलेको हुन्छ । ऊ मालिक पनि भयो श्रम पनि भयो । तर श्रमजिवीसँग श्रम मात्र हुन्छ, पूँजी हँुदैन । पूँजीवादीसँग ओनर सिप छ तर श्रम छैन । अर्को एक जना रिक्सावाला आफ्नै रिक्सा चलाउछ भने ऊ ओनरसिप पनि हो श्रमिक पनि हो ।

अहिलेका विश्वमा मार्क्सको वर्ग विश्लेषण काम लाग्दैनः

damabar khatiwada
वर्ग संरचनामा परिवर्तन आएको छ । सर्वहारको संख्या घटिरहेको छ । तर गरिवी भने छ । नेपालको वर्ग संरचनामा पनि निरन्तर परिवर्तन आइरहेको छ । यहाँ सर्वहारा न्यून छ । जहाँ सर्वहारा वर्ग छैन भने त्यहाँ सर्वहाराको पार्टी किन चाहियो ?
नयाँ शक्ति मध्यम वर्ग ओरिन्टेड हुन्छ । हामीले मध्यम वर्गलाई केन्द्रमा राखेर राजनीति गर्ने हो । तर श्रमजीवि वर्ग र सर्वहारको लागि केही गर्दैनौ भन्ने होइन । उनीहरुलाई राजनीतिक । सामाजिक रुपमा अगाडि ल्याउने छौ । उनीहरुको उत्थान गर्ने छौ । यो हाम्रो दायित्व हो ।
हाम्रा कार्यकर्ता पूर्णकालीन हुँदैनन । सबै श्रमसँग जोडिने छन् । श्रमबाट बचेको समय राजनीतिमा दिने छन् । सर्वहाराका साथीहरुलाई पनि पार्टीमा श्रमसँग जोड्ने छौ सहकारीबाट भएपनि ।
साम्यवादसँग कुनै सम्बन्ध छैन नयाँ शक्तिको । समुन्नत समाजावाद भन्नुको अर्थ गरीबिको वितरण गर्ने होइन समृद्धिको वितरण गर्ने भनेको हो । हामी न माक्र्सवादी समाजवादी हौ । न त प्रजातान्त्रिक समाजवादी हौ । परिस्कृत समाजवाद भनको यो भन्दा पहिला भएका कुनै पनि समाजवाद होइन । यी सबै समाजवाद भन्दा फरक हो । अथवा यी दुबैको एकत्व हो ।
हामी राज्य विहीन, समाजविहीन, व्यक्तिको निजित्व विहीन ,मुनाफा विहीन, स्वामित्व विहीन समाजवाद होइन । अतिरिक्ति मुनाफा विहीन समाजवाद होइन । यही हो हामी कम्युनिष्ट भन्दा फरक ।
नयाँ शक्तिमा यो कुरा लागु गर्न असंभव छैन । नेपालको राजनीति शिक्षित व्यक्तित्व र शास्त्रीय बहसमा रमाउनेहरुले मात्र गरिरहेका छन् । नयाँ शक्तिमा त्यस्ता व्यक्तिहरु छैनन ।
नेपाली शास्त्रीय चिन्तनबाट वाक्क भएका छन् । अब व्यवहारिक खालको चिन्तन चाहेका छन् । त्यो नयाँ शक्ति हो । हामीबाट हुने गल्तीका कारण जनताले साथ छोडे अर्को कुरा हो । अहंकारका कारण, पारदर्शिताका कारण, नेतृत्वको महत्वकाक्षाका कारण हामीले जनतालाई धोका दियौ भने जनताले साथ दिनु पर्छ भन्ने छैन । दिनु नै हुदैन ।
बाबुराम भट्राईले पुराना सोचहरुलाई पुनरावोलकन गर्नु भएको छ । उहाँमा पनि समय अनुकुल परिवर्तन आएको छ । माओवादी आन्दोलनमा हँुदा उहाँको सोच र नैतिक दायित्व एक थियो अहिले नयाँ शक्तिमा लागेपछि उहाँको सोच र नैतिक दायित्व परिवर्तन भएको छ ।

(नेपालभाष्करसँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार