ganga shrestha 1माओवादीबाट छुट्टिएर नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्ति अभियानले काठमाडौंमा बृहत सभा गर्दै छ । प्रस्तुत छ देशभरीबाट एक लाख कार्यकर्ता ल्याउने दाबी गरेको उक्त अभियानका केन्द्रीय सदस्य गंगा श्रेष्ठसँग नेपालभाष्कारले गरेको कुराकानीको संपादित अंश ।

यो कामको माैसममा कसरी एक लाख जनता काठमाडौंमा उर्तानु हुन्छ ?
अहिले देश भरी नयाँ शक्ति निमार्ण अभियानका क्रममा पार्टी सदस्य मात्र एक लाख भएका छन् । ती सबै एक लाख सदस्यहरुले तीन जनाको दरले मात्र मानिस ल्याए भने पनि ३ लाख मान्छे हुन्छन् । तर हामीले त एक लाख मात्र भनेका छौ ।
झट्ट सुन्दा अच्चम लाग्न सक्छ । अहिलेको राजनीति हेर्दा अाम मानिसहरूलार्इ एउटा पार्टीकाे कार्यक्रममा यतिका मान्छे कहाँबाट आउँछन् भन्ने लाग्नु स्वभाविक हो । तर हामी एक लाख मान्छे दशरथ रंगशालमा उतारेर देखाउँछाै । त्यति मान्छे ल्याउन हामीलाई गाह्रो छैन । हामीले हाम्राे पार्टी सबै सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन भनेका छौ ।

हिजो कम्युनिष्टहरुले वर्ग संघर्षको कुरा गरिरहँदा वर्गको संरचना आधाररुप रुपमा मजदूर र  मालिकहरुकाबीचको संघर्ष भन्ने थियो । तर अहिले यसमा परिवर्तन आएको छ । गरी खाने र ठगी खानेहरु पनि मिलेका छन् । त्यसैगरि मध्यम वर्ग संसारभरी नै बढेर गएका छन् । यो वर्गले वर्गीय संरचनामा परिवर्तन ल्याएको छ । हिजोको पूँजीको निमार्णको प्रक्रिया र अहिलेको पूँजी निमार्ण प्रकृया पनि फरक छ । यसले पनि वर्गकाे संरचनामा परिवर्तन ल्याएको छ । यो कुरा नयाँ शक्तिले राम्ररी बुझेको छ

हामी पार्टीका सबै सदस्यहरु सामुहिकरुपमा शपथ ग्रहण गर्दै छौ ।  पार्टी सदस्यहरूले पार्टी संस्थापनको सम्मान गर्छन् । त्यसैले उनीहरूलार्इ परिचालन गर्न समस्या छैन । याे पार्टी स्थापना घोषणा कार्यक्रम हो । शक्ति प्रर्दशन होइन । वर्षातको समय पनि छ । त्यो सबै ध्यान दिएर एक लाख मात्र भनेका हौ ।

ganga shrestha

यो सबैको आर्थिक व्ययभार कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
यो महत्वपूर्ण कुरा हो । अहिले सम्म सबै आर्थिक व्यवस्थापन पार्टी केन्द्रले गर्दै आएको छ । अहिले सम्म चलेको चलन भनेको यातायातको मात्र होइन खानपानको व्यवस्था पनि पार्टी केन्द्रले गर्ने हो । तर हामीले भने नयाँ तरिका अपनाएका छौ । हामीले आर्थिक संकलनको लागि तल्लो कमिटीलाई भनेका छौ । आत्मनिर्भर भएर आउन भनेका छौ । सबैका लागि यस्तो संभव नहुन पनि सक्छ । त्यसैले सहयोग रसिद पनि बनाएका छौ । त्यसबाट उठेको पैसाबाट ५० प्रतिशत यो समयमा खर्च गर्न भनेका छौ । तर ५० प्रतिशत भने केन्द्रलाई बुझाउनु पर्ने हुन्छ । यही हो हाम्रो खर्चको स्रोत ।

नयाँ शक्ति अभियान पार्टी घोषणा सम्म पुग्दा यसको वैचारिक आधार के हुने छ ?
हामी अहिले हाम्रो पार्टीमा विचार निर्माणको लागि महान बहसमा छौ । यो एक बर्ष बहस वर्षको रुपमा लिएका छौ । हाम्रो पार्टीको कार्यदिशा र विचारधारा वाम लोकतान्त्रीक समाजवाद हुने भने स्पस्ट छ ।
मार्क्सवाद र पूँजीवादको घालमेल हो तपाईको पार्टीको विचारधारा ?
मार्क्सवाद र पूँजीवाद एक ठाँउमा हुन सक्छ कि सक्दैन भन्ने बहस पनि छ । मार्क्सवाद जन्मदाकाे समयकाे र अहिलेको वर्गको धरातल र संरचना समान छैन । हिजो कम्युनिष्टहरुले वर्ग संघर्षको कुरा गरिरहँदा वर्गको संरचना आधाररुप रुपमा मजदूर र मालिकहरुका बीचको संघर्ष भन्ने थियो । तर अहिले यसमा परिवर्तन आएको छ । गरी खाने र ठगी खानेहरु पनि मिलेका छन् । त्यसैगरि मध्यम वर्ग संसारभरी नै बढेर गएका छन् । यो वर्गले वर्गीय संरचनामा परिवर्तन ल्याएको छ । हिजोको पूँजीको निमार्णको प्रक्रिया र अहिलेको पूँजी निमार्ण प्रकृया पनि फरक छ । यसले पनि वर्गकाे संरचनामा परिवर्तन ल्याएको छ । यो कुरा नयाँ शक्तिले राम्ररी बुझेको छ । परम्परागत रुपमा दुई वर्गबीचको संघर्षमा जसले जित्यो त्यसको राज्य भन्नेमा हामी छैनौ । हामी पूँजीको विकास गर्नु पर्छ भन्नेमा छौ । सकेसम्म बढी  पूँजीकाे विकास नै अहिलेको आवश्यकता हो । तर पूँजीको विकास गर्दै गर्दा श्रमको शोषण भने गर्न पाइँदैन । श्रम र पूँजीबीच तालमेल मिलाएर जानु पर्छ । श्रम र पूँजीबीच द्धन्द्ध हामी चाहदैनौ हामी यसको पुल बन्न चाहन्छौ । सन्तुलन चाहन्छौ । यी दुबै बिचारलार्इ परम्परागत रुपमा हेर्न संभव छैन । तर अहिलेको समयमा यहि बिचार नयाँ तरिकाले प्रयोग गर्न चाहन्छौ ।
हामीलाई अहिले पूँजीवादले पनि पुगेन । समाजवादले पनि पुगेन त्यही भएर नयाँ प्रयोग गर्नु पर्ने देखियो । यही सिमाबाट बाहिर निस्केर नयाँ शक्ति जन्मेको हो ।

वर्ग परिवर्तन भएपनि शोषणको अन्त्य भएको छ र समाजबाट ?

पूँजीवपति वर्ग र श्रमजीवी वर्गमा पनि परिवर्तन आयो । जसरी शोषणको माध्यम फरक भएको छ । त्यही समस्या हल गर्ने तरिका पनि फरक भएको छ । समय काल र परिस्थिति अनुसार ती समस्य सामाधानकाे तरिका फरक हुन सक्छ । हिजो कार्ल मार्क्सले लेखेको र लेनिन, माओले प्रयोग गरेको यही हो ।  अहिले  पनि वर्गकाे स्वरूपमा परिवर्तन आएकाे छ । यसको समाधानको प्रारुप पनि फरक हुनु पर्छ । हामी श्रमको पक्षमा छौ । श्रमको शोषण गर्न हामी दिँदैनौ ।

एकलाख मान्छे ह्वीप जारी गरेर ल्याउने होला नि ?

कसैलाई करकाप गरेर सभामा ल्याउदैनौ । राजनीति सेवा हो । व्यवसाय होइन । त्यही भएर अाफ्नाे ब्यवसायबाट बचेको समय राजनीतिलाई दिनु होस भनेका हौ । उत्पादनबाट बचेको समय राजनीतिमा लगाउनु पर्छ  ।  राजनीति राजनीतिलार्इनै ब्यवसाय बनाउनु हुँदैन भन्ने हाम्राे मान्यता हाे । हामीले अहिले त्यसैकाे महान उत्सव मनाउन थालेका छौ । त्यही भएर यो महान उत्सवमा तपाईहरु सहभागी भइदिनु होस भनेर अनुरोध गरेका छौ । इतिहास निमार्णको समयमा आउन आग्रह गरेका छौ ।

एक लाख मान्छेहरुको व्यवस्थापन पनि नयाँ तरिकाले गर्दै छौ । यहाँ घण्टौ ट्राफिक जाम हुन्छ । सानो तिनो कार्यक्रम गर्दा समेत । तर हामी फरक किसिमले यसको व्यवस्थापन गर्दै छौ । यहाँ कसैलाई पीडा दुः ख नदिएर त्यो दिन हामी हाम्राे कार्यक्रम संचालन गर्छाैं ।  त्यो दिन हामी चार ठाँउबाट ¥याली निकाल्दै छौ । हामी र् यालीका क्रममा सडकबाट नहिँडेर सडक पेटीबाट हिड्ने छौ । दुई लाईन सडक भएको ठाँउमा एक तर्फी सडकमा मात्र हिड्ने छौ । त्यो दिनकाे ट्राफिक व्यवस्थापनमा नयाँ शक्ति नेपालका करिब ७ सय युवा स्वंयसेवक परिचालन हुने छन् । हामीहरु ट्राफिक प्रहरीसँग मिलेर काम गर्ने छौ त्यो दिन ।

हाम्रा जुलुसहरु बिजुली बजार, कालिमाटी, कुपण्डोलर र रत्नपार्कबाट सुरु हुने छन् । दशरथ रंगशालामा कार्यक्रम गर्दै छौ । यस पटक नयाँ तरिकाले मञ्च व्यवस्थापन र नयाँ तरिकाको मञ्च बनाउदै छौ । आकर्षक, सस्तो र समयको बचत हुने तरिकाको मञ्च बनाउदै छौ । कलाकारहरु पनि पूर्ण व्यवसायी हुने छन् । सडकभरी व्यानर, तुल, पोस्टर र भित्ते लेखन कहीँ कतै हुने छैनन । जनताले भित्ता कोरेको पोस्टर टाँसेको मन पराउँदैनन्। त्यही भएर इलेकट्रोनिक माध्यमद्धारा प्रचार प्रसार गर्दैछौ ।

दशरथ संगशालामा कार्यक्रम गर्नुको कारण के हो ?

यो हाम्रो बाध्यता हो । खुल्ला मञ्च थियो सभाका लागि  तर त्यो पनि आधा बस पार्क बनाइयाे । कहाँ जम्मा भएर आफ्नो विचार राख्ने । कहाँ गएर गर्ने कार्यक्रम ? कसैले एक लाख जनताहरु जम्मा भएर कार्यक्रम गर्छु भन्यो भने जम्मा हुने ठाँउ नै छैन ।
दशरथ रंगशालामा कार्यक्रम गर्नु हाम्रो रहर होइन बाध्यता हो । तर यसमा कार्यक्रम गरे कुनै क्षति गर्ने छैनौ । प्याराफिटमा रेड स्टीकर टाँसेको छ । त्यसैले त्यहाँ कोही मान्छे जाने छैनौ । चौरमा कतै किला काँटी पनि ठोक्दैनौ । रंगशालामा एउटा चकलेटको खोस्टो पनि हुने छैन । यी सबैकाे व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाएका छौ । हामीले गरेको सम्झौता अनुसार दशरथ रंगशाला प्रयोग गर्छौ । अरूहरू भन्छन् यस्तो गर्न संभव छ त ?  यो संभव छ । हामी गरेर देखाउने छौ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार