10407722_827645783924425_3827829655073869620_nविभाजित माओवादीहरु अहिले आएर एकता गर्नुपर्ने कारण के हो ?

एकताको मुख्य कारण राष्ट्रिय आवश्यकता नै हो । १० बर्षको जनयुद्धले ल्याएका उपलब्धिहरु अहिले पनि संस्थागत भएका छैनन । गणतन्त्र ,धर्मनिरपेक्षता ,संघीयता,समावेशी,समानुपातिक सहितको संविधान बनको छ । संविधान आफैमा पूर्ण छैन । तर यो सबै माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी हो । यी उपलब्धीमाथि सबैतिरबाट हमला भइरहेको छ । यसलाई बचाउन अहिले हामीहरुको जिम्मेवारी हो । यो राष्ट्रिय परिस्थिति हो । अन्र्तराष्ट्रियरुपमा भारतको तर्फबाट जसरी संविधान निमार्णसँगै नेपालमा नाकाबन्दी भयो । भारतको सहयोगमा मधेशको उच्च वर्ग, दलाल जमिन्दार वर्गले देशलाई नै विखण्डन गर्ने प्रयास गर्यो यसबाट नेपालको राष्ट्रियता अखण्डता नै समस्यमा परेको देखियो ।
यहाँ जनजीविकाको कसैलाई चासो छैन । समस्या समाधान तर्फ कसैको ध्यान गएको छैन नत यस तर्फ कसैको चिन्ता छ । नत अहिलेको उपलब्धीको रक्षा गर्ने चासो नै छ । किनकि नेपाली काँग्रेस र नेकपा एमाले न त गणतन्त्रवादी हुन् नत यिनीहरुले परिवर्तनलाई आत्मसाथ गर्न सकेका छन् ।
देशभक्त र गणतन्त्रवादी र परिवर्तनको बाहक भनेको माओवादी आन्दोलन हो । यसको बहावमा काँग्रेस र एमाले लतारिएका हुन । माओवादी आन्दोनलको दबाबमा परेर गणतन्त्रवादी भएका हुन् ।

ल्याटिन अमेरिकामा समाजवाद भर्सेज साम्राज्यवादको लडाई छ र यसलाई हराउन प्रतिस्पर्धाबाट हराउन सकिन्छ । पूँजीवादीहरुको अर्थराजनीतिको काउन्टर गर्न प्रतिस्पर्धाबाट आफू बेस्ट भएर आउन सकिन्छ । माओवादी केन्द्रले पनि प्रतिस्पर्धालाई स्वीकारेको छ । यो भनेको ल्याटिन अमेरिकाको मोडेल हो । अहिलेको माओवादी केन्द्रको मोडेल भनेको न चीनको हो न रुसको, न त उत्तरकोरियाको नै ।

यी दुबै पार्टी अहिले पनि देश प्रति चिन्ति छैनन । देशलाई बचाउने सवालमा माओवादी आन्दोलन नै अगाडि छ । हामीहरुले देशको रक्षा गर्नु पर्छ । यसको लागि हामी माओवादीहरुबीच एकता हुन आवश्यक थियो । त्यही भएर एकता भएको हो । यो समयको माग हो ।

12744695_1121587031196964_8090249079095112357_nअहिलेको एकता भावनात्मक बढी देखियो नि ? यो कति दिर्घकालीन होला ? 

कहिले काहीँ विचारबाट भावना तिर जान्छ । कहिले काहीँ भावनाबाट विचार तिर जान्छ । यही द्धन्द्धवाद हो । अहिले विचारको बहसलाई पहिला टुङ्गाउनु भन्दा हामी सबै माओवादीहरुबीच भावना र विश्वासको वातावरण बनाउदै अगाडि बढ्दै छौ ।
यो बीचको समयमा हामीहरु बीच नै शत्रुतापूर्ण वातावण पनि रह्यो । सम्बन्धहरु सबै भत्केका थिए । अहिले सम्बन्ध र भावनाको एकतालाई विचारमा ढाल्न सकिन्छ । महाधिवेशनसम्म जाँदा विश्वास र विचारको बहसले एक किसमको आकार लिने छ । यसको टुङगो महाधिवेशनमा लाग्छ । महाधिवेशनले विचारको छिनोफानो गर्छ । महाधिवेशनमा नयाँ माओवादी भएर निस्कने छ ।

तपाई त चुनवाङ भन्दा पहिला विद्रोह गरेको मान्छे ? अहिले आएर कसरी पुन त्यही लाइन मान्दै आएको माओवादी लाईनसँग एकता सम्भव भयो ?

मैले माओवादीसँग विद्रोह गरेको पनि ११ बर्ष बितेको छ । यो बीचमा समय फेरिएको छ । यो ११ बर्षमा राष्ट्रिय अन्र्तरारिष्ट्र शक्ति सन्तुलमा परिवर्तन आएको छ । भारत नेपाली काँग्रेस र माओवादी हिजो शक्ति सन्तुलनमा थिए । अहिले यो बदलिएको छ । किनकि १२ बुँदेको विरोधमा अहिले भारत देखिएको छ । किनकि संविधान सभाबाट संविधान नेपालमा शान्ति प्रक्रिया १२ बुँदेको जगमा भएको थियो ।
तर जसरी नेपालमा बनेको संविधानको विरोध भारतले ग¥यो । हस्तक्षेप ग¥यो । नाकाबन्दी ग¥यो । संविधान बन्न नदिन धेरै मेहनत गरेको थियो । हाम्रो पार्टी संविधान निमार्णमा नभए पनि भएका उपलब्धीको रक्षा गर्नुपथ्र्यो । अर्को मैले भारतमा भएको १२ बँुदेको विरोध गरेको थिए । अहिले आएर १२ बुँदेको सहमतिबाट राजनीति बाहिर आएको छ । भारतले १२ बुँदेबाट अगाडि बढेको राजनीतिलाई तोडिदियो । नेपाली काँग्रेस बाहिर आइसक्यो । एमाले र माओवादी एक पक्षमा देखिए । यो भनेको १२ बुँदेको कोर्षबाट प्रचण्ड जी पनि बाहिर आइसक्नु भएको छ । त्यही भएर विचार मिलेको हो । यही हो एकताको केन्द्रबिन्दु । भारतको विक्षमा राजनीति अगाडि बढेको छ ।

तपाईले चावेजको मोडेलबाट नेपालको विकास संभव छ भन्दै आउनुभएको थियो । माओवादी केन्द्रमा यो बहस कत्तिको संभव छ ?

मैले भनेको कम्युनिष्ट आनदोनलका धेरै मोडेल छन् । रुसी मोडेल, चिनियाँ ,उत्तरकोरिया र ल्याटिन अमेरिकी मोडेल । जहाँ वामपन्थी र साम्राज्यावादको लडाई बढी छ त्यहाँ यो मोडेल संभव छ भन्ने मेरो विचार हो ।
नेपालमा वामपन्थीहरुको वर्चस्व अहिले पनि छ । ल्याटिन अमेरिकामा समाजवाद भर्सेज साम्राज्यवादको लडाई छ र यसलाई हराउन प्रतिस्पर्धाबाट हराउन सकिन्छ । पूँजीवादीहरुको अर्थराजनीतिको काउन्टर गर्न प्रतिस्पर्धाबाट आफू बेस्ट भएर आउन सकिन्छ । माओवादी केन्द्रले पनि प्रतिस्पर्धालाई स्वीकारेको छ । यो भनेको ल्याटिन अमेरिकाको मोडेल हो । अहिलेको माओवादी केन्द्रको मोडेल भनेको न चीनको हो न रुसको, न त उत्तरकोरियाको नै । अब यसलाई हामीले ल्याटिन अमेरिकी मोडेल अथवा चावेज मोडेल भन्छौ भन्दैनौ तर अपनाएको बाटो त्यही हो ।

एकता हतारोमा भयो भन्ने लागेको छैन ?

यो हताारमा होइन । तीव्ररुपमा भयो । अथवा फास्ट ट्रयाकमा एकता भएको छ । यो राम्रो भएको छ । यो एकता नहुन दिन ठूलै चलखेल भएको थियो । यसलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा रोक्न खोज्दै थिए । यसलाई अझै रोक्न र फुटाउन चाहन्थे । माओवादी धाराहरु एक ठाँउमा नआउनु भन्दै धेरै ठूलो खेल भयो । तर हामीहरुले यसलाई चिरेर अगाडि बढेका छौ ।

धुव्रीकरण भएर पनि केन्द्रीकरण भएन भने त्यसको कुने अर्थ छैन । यहाँ धेरै कुराहरु मिलेका छैनन । यी सबै कुरा मिलाउनु पर्ने छ । यहाँ वर्ग परिवर्तन भएको छ । अनुशासन छैन भनिएको छ । परिवार नीजि सम्पतिलाई हेर्ने पूँजीवादी चिन्तन छ । यी सबै कुरामा रुपान्तरण हुनु पर्छ । हुन सकेन भने यसको भविश्य छैन ।

क्रान्तिकारी केन्द्र नबनोस् भन्ने धेरैको चाहना थियो । तर हामीले एकताको सन्देश दिएका छौ । हाम्रो शक्तिलाई एकता गरेका छौ । यो सबैका लागि अच्चम भयो । केही समय भएपनि एकता भएपछि बिस्तारै सुदृढ हुन्छौ भन्ने थियो । हामीहरुबीच कसैले नखेलौ न भनेर एकता छिटो गरेका हौ । यो एकताको रणनीति भूमिका छ ।

तपाईले एकताको लागि लामो समय देखि प्रयास गर्नु भयो बल्ल सफल हुनु भयो कस्तो लागेको छ ?

480778_451465634875777_1660179094_n

धेरै पहिला पोष्ट बहादुर बोकटीको घरमा भेटेर प्रचण्डसँग मातृका यादव र मैले एकताको बारेमा कुरा गरेका थियौ । त्यो समयमा सबै आ आफ्ना मोर्चामा असफल भएका थियौ । ३३ दलको वहिस्कारको मोर्चा असफल, निर्वाचनको मोर्चा पनि असफल भएको थियो । यही समयमा एकता संभव हुन सक्छ भन्ने हाम्रो बुझाई थियो । त्यही समयमाबाट सुरु भएको हो एकताको प्रयास । बल्ल आएर सफल भयो । आपूmले थालेको काममा सफल हुदा खुसी लागिहाल्छ । त्यसमा यत्रो आन्दोलन एकता हुनु सबैका लागि खुसी र गर्वको विषय हो ।
जनयुद्धको विचारको रक्षा भएको छ । जनताको विस्तारवाद र साम्राज्यवादको विरुद्धको चेतनामा ह्रास आएको छ । यसलाई पून एक गठन गर्नु छ । नेपालका राजनीतिक पार्टीहरु प्रति बढ्दै गएको अविश्वासलाई चिर्नलाई पनि एकता आवश्यक थियो । शहिद परिवार, घाइते, अपाङहरुको आम कार्यकर्ता र जनताको आंकाक्षा पूरा भएको छ । सबैको एउटै भनाई थियो मिल्नु पर्छ भन्ने ।
एकता पछिको चुनौति के हो ?
अबको चुनौति भनेको रुपान्तरण हो । यदि अब पनि रुपान्तरण हुन सकिएन भने धव्रीकरणको कुनै अर्थ छैन । धुव्रीकरण भएर पनि केन्द्रीकरण भएन भने त्यसको कुने अर्थ छैन । यहाँ धेरै कुराहरु मिलेका छैनन । यी सबै कुरा मिलाउनु पर्ने छ । यहाँ वर्ग परिवर्तन भएको छ । अनुशासन छैन भनिएको छ । परिवार नीजि सम्पतिलाई हेर्ने पूँजीवादी चिन्तन छ । यी सबै कुरामा रुपान्तरण हुनु पर्छ । हुन सकेन भने यसको भविश्य छैन । यो नै चुनौति हो ।
सांगठनिक समस्या कत्तिको छ ?
ठूलो छ , यो त हुने नै भयो । जहाँ सांगठनिक समस्याले विचारलाई प्रभाव पार्छ त्यहाँ झन चुनौति हुन्छ । यसको लागि महाधिवेशन सम्म जानु पर्ने छ । यसलाई मिलाएर लिन सकिन्छ । यो देश र जनता भन्दा पद सानो सम्झनु पर्छ । अहिलेको महाधिवेशन आयोजक समिति महाधिवेशनपछि सानो हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार