नेकपा माओवादी(क्रान्तिकारी)ले एमाओवादीसंग गरेको पार्टी एकता हतारमा भएन र ?

Lekhnath-2एकताको आवश्यकता सबैलाई महसुस भएको हो । तर मलाई पनि लागेको छ कि प्रक्रियाको हिसाबले एकता हतारमा भयो । कयौ बिषय वस्तुहरुको टुङ्गो लगाएर एकता गर्नु पर्थ्याे । कयौ रणनीतिका विषयवस्तुको अध्ययन गर्नु पर्छ । सबै विषय वस्तु त टुङग्याउन सकिदैन थिए । तर कयौ विषय वस्तु आफ्नो मातहतका कमिटिमा गएर एकताका बारेमा बहस छलफल गरेर एकता गर्नु पथ्र्यौ । एकतालाई अपनत्व महसुस हुने गरी एकता गर्नु पर्थ्याे । पार्टीहरुबीच एकता भइसकेको छ । तर संगठनको विषय बस्तु मिलेको छैन । अथवा टुङ्गिएका छैनन् । यसले पछि राम्रो सन्देश जाँदैन ।

प्रक्रियाको हिसाबले एकता हतारमा भयो । कयौ बिषय वस्तुहरुको टुङ्गो लगाएर एकता गर्नु पर्थ्याे । कयौ रणनीतिका विषयवस्तुको अध्ययन गर्नु पर्छ ।

किन कि भोलि संगठनक कुरा आउने बित्तिकै पदका लागि आएको, पदका लागि बार्गेनिङ गर्यो भन्ने चाहेर नचाहेर पनि बाहिर आउछन् नै । तेस्रो माओवादीका वैचारिक सैद्धान्तिक कुराको जवाफ दिनु पर्ने छ । विचारको र सिद्धान्तको जवाफ आम कार्यकर्ताहरुलाई दिनु पर्ने हो । तर दिइएको छैन । तर एकता भएको छ राम्रो भएको छ ।

यो एकता नेताहरुको अथवा केन्द्रीय समितिको एकता हो भन्दा के हुन्छ ?

नीतिगतरुपमा चार तरिकाले हुने हो एकता । एकता हुँदा धारणगत हिसाबले केन्द्रीय समिति, मातहतका कमिटि , जनवर्गीय समिति र मुख्य नेतृत्वको सेटिङको कुरा हुन्छ । तर यहाँ यी चारवटा कुराहरु नै थाती राखेर एकता भयो । केन्द्रीय समिति को को हुने भनेर पनि निणर्य भएन । एकता अथवा फुट हुँदा आम चासोको विषयमा कहिल्यै बहस छलफल भएन । विभाजन हुँदा पनि नेताहरुले विभाजन गर्ने निर्णय गर्ने हामी कार्यकर्ताहरु खुरुखुरु नेताको पछाडि लाग्ने । एकता गर्दा पनि नेताहरुले निर्णय गर्ने कार्यकर्ताहरु खुरु खुरु पछाडि लाग्ने भयो । यो हामी कम्युनिष्टहरुको बाध्यकारी नियति भयो । हामी केन्द्रीय समितिमा पनि एकआध मिनेट मात्र छलफल भयो होला एकताको विषयमा । तल त हुँदै भएन । एकताको बारेमा के गर्ने भन्ने बारेमा । यो पनि औपचारीकताको लागि ।

नीतिगत रुपमा चार तरिकाले हुने हो एकता । एकता हुँदा धारणगत हिसाबले केन्द्रीय समिति, मातहतका कमिटि , जनवर्गीय समिति र मुख्य नेतृत्वको सेटिङको कुरा हुन्छ । तर यहाँ यी चारवटा कुराहरु नै थाती राखेर एकता भयो ।

तल्लो कमिटिमा छलफल नै भएन । व्यक्तिगत धारणा बनाएर कोहि एकतामा गए कोहि गएनन् । संस्थागत रुपमा एकताको बारेमा वहस छलफल भएन । संस्थागत पहलकदमी कमजोर भयो ।

माओवादीभित्र आन्तरिक जनवाद छैन रहेछ त ?

Lekhnath-3जब दश दिनसम्म केन्द्रीय समितिको बैठक भयो, त्यसपछि थाह भयो, खासमा जनवादी केन्द्रीयताको बहस नेपाली कम्युनिष्ट आन्दोलनमा हुँदो रहेन छ भन्ने कुरा । सैद्धान्तिक हिसाबले मात्र भनिदो रहेछ तर जब त्यसको प्रयोग गर्नु पर्ने अवस्था आउँछ त्यो प्रयोग हुने रहेन छ । आफु अनुकुल हुँदा जनवाद भयो भन्ने आफु अनुकुल भएन भने त्यो नहुने । जनवादी केन्द्रीयताको कुरामात्र होइन धेरै कुराहरु यहाँ भएका छैनन् । विचार र सिद्धान्तका हिसाबले पनि नेपाली कम्युनिष्ट आन्दोलन मेल खाँदैनन् । कम्युनिष्ट आन्दोलन निस्कर्षमा नपुग्नुको कारण यहि हो । सिद्धान्तले एउटा कुरा गर भन्छ व्यवहारमा अर्को गरिन्छ । केहि नेताहरुले घनिभूतरुमा छलफल गर्ने भन्ने निर्णय गर्ने अरुले ताली बजाउने मात्र भयो ।

जब दश दिनसम्म केन्द्रीय समितिको बैठक भयो, त्यसपछि थाह भयो, खासमा जनवादी केन्द्रीयताको बहस नेपाली कम्युनिष्ट आन्दोलनमा हुँदो रहेन छ भन्ने कुरा ।

एकतापछि पार्टीका आन्तरिक समस्या हल हुन्छन् कि फेरी विभाजन हो ?

आखिर अन्तर विरोध त आउँछन नै । अन्तर संघर्षका विषयहरु उठ्नु स्वभाविक नै हो । यसलाई सम्बोधन गर्ने सहि विधिको विकास भएन भने फरक मतलाई सहि तरिकाले हल गर्ने विधि खोजीएन भने पार्टी विभाजन हुने प्रक्रिया चलिरहन्छ । एकातिर विपरितहरुको एकत्व हो पार्टी भन्छौ तर व्यहारमा फरक मत आउने बिक्तिकै पार्टी विभाजन हुन्छ । विपरितको एकत्व भन्नु भनेको त फरक विचारबीच पार्टी भित्रै संघर्ष हुन्छ भन्ने हो ।

माओवादी पार्टीमा त यस्तो सम्म भोग्नु पर्यो कि केन्द्रीय समितिमा फरक मत आएको दिन नै पार्टी विभाजन भयो । विप्लवले केन्द्रीय समितिमा फरक मत राख्नु भयो । औपचारीक रुपमा छलफल नभएरनै पार्टी विभाजन भयो ।

माओवादी पार्टीमा त यस्तो सम्म भोग्नु पर्यो कि केन्द्रीय समितिमा फरक मत आएको दिन नै पार्टी विभाजन भयो । विप्लवले केन्द्रीय समितिमा फरक मत राख्नु भयो । औपचारीक रुपमा छलफल नभएरनै पार्टी विभाजन भयो । यो पार्टी एकताको प्रक्रियामा पनि त्यहि भएको छ । पहिलो बैठकमा एकताको बिषय प्रवेश ग¥यो र त्यहि बैठकले एकताको निर्णय ग¥यो । अनि पार्टी विभाजन भयो । आगामी पार्टी जीवनमा फरक मत र फरक विचारलाई कसरी व्यवस्थापन गर्ने यसको विधि विधान बनाउनु पर्ने छ । आफ्नो विचारमा फरक मत आए कसरी लैजाने यसको बारेमा छलफल हुनु पर्छ ।

नेपालका कम्युनिष्टहरुमा माक्र्सवाद बुझ्ने समस्या छ भन्दा के हुन्छ ?

रुसमा लेनिन र चीनमा माओ पनि कुनै सयमा अल्पमतमा परेका थिए । तर पार्टी विभाजन गरेनन् । तर यहाँ अलिकति बहस हुने बित्तिकै पार्टी विभाजन हुन्छन् । यो भनेको मार्क्सवाद बुझ्ने समस्या नै हो ।

रुसमा लेनिन र चीनमा माओ पनि कुनै सयमा अल्पमतमा परेका थिए । तर पार्टी विभाजन गरेनन् । तर यहाँ अलिकति बहस हुने बित्तिकै पार्टी विभाजन हुन्छन् । यो भनेको मार्क्सवाद बुझ्ने समस्या नै हो ।

नेपालका कम्युनिष्टहरुमा माक्र्सवाद बुझ्ने समस्या रहेको छ । यहाँ हामी सामान्तवादी संस्कारबाट आएका हौ । यसले व्यक्ति विशेषलाई ठाँउ दिन्छ । व्यक्तिको आदेशलाई कानून भन्छ । तर यसको विपरित कम्युनिष्ट पार्टी कलेक्टीव लिडर बनाउनु पर्छ भन्छ । अर्को हाम्रोमा र तेस्रो मुलुकमा राजनीति सेवा भन्दा व्यवसायका रुपमा अपनाउन थालियो । पेसा भएपछि नाफाको उद्देश्य राखिन्छ  । यसकोलागि ठूला ठूला पदमा जानु पर्छ । यो भएपछि विधि विधान मान्ने कुरा आउदैन । हामी कम्युनिष्टहरु यसबाट पनि अछुतो रहेनौ ।

कार्यदिशा र संविधानलाई हेर्ने विषय कसरी मिल्छ ?

यी दुबै विषय महत्वपूर्ण हुन । कार्यदिशाको प्रश्न भनेको क्रान्तिको चरणको प्रश्न हो । कार्यदिशा, क्रान्तिको चरण र समाजको अध्ययन । अहिले माओवादीहरुसँग कुनै कार्यदिशा नै छैन । कुनै माओवादीेले अहिले समाजको अध्ययन गरेको छैन । हिजोको बनिबनाउ कार्यदिशा छ । अहिलेको गम्भीर प्रश्न भनेको नेपाली समाज कहाँनेर छ त्यसको अध्ययन हुनु पर्छ । अहिलेको नेपाली समाजको अध्ययन बाट निस्केको परिणाम अनुसार कार्यदिशा बनाउनु पर्छ । यदी हचुवाको भरमा कार्यदिशा बनाइयो भने त्यो समाज र सयम अनुकुल हुँदैन । पुराना कार्यदिशाले अहिलेको नेपाली समाजको प्रतिनिधित्व गर्न सक्दैन । यहि साझा सवालको आधारमा एकता गरेका हौ । बनिबनाउ कार्यदिशालाई स्वीकारेर एकता भएको होइन । दोस्रो कुरा संविधानलाई कसरी लिने भन्ने विषय पनि पेचिलो विषय हो । संविधान सभाबाट संविधान बनाउने कुरा र संविधान सभाबाट कस्तो संविधान बनाउने भन्ने कुरा प्रमुख हो । संविधान सभाले संविधान बनाएको छ त्यो जस्तो भएपनि हुन्छ भन्ने हुदैन । यो रुप पक्ष हो । यो खतरानाक हो । हामीले खोजेको सारमा हो ।

अहिलको एकतामा एकले संविधान सभालाई स्वीकारेको र आर्कोले संविधान सभालाई बहिष्कार गरेको शक्ति एक ठाँउमा आएका छौ । संविधान सभा मार्फत संविधान बनेकाले एक ठाँउमा आएका होइनौ ।

अहिलको एकतामा एकले संविधान सभालाई स्वीकारेको र आर्कोले संविधान सभालाई बहिष्कार गरेको शक्ति एक ठाँउमा आएका छौ । संविधान सभा मार्फत संविधान बनेकाले एक ठाँउमा आएका होइनौ । हामी जनयुद्ध लडेका शक्तिहरु हौ । जसले हिजोको दिनमा संगै लडेका थियौ । केहि उपलब्धी हासिल भएका छन् त्यो जनयुद्धका कारण भएका हुन् । संविधानबाट आएका उपलब्धीहरुको रक्षा गदै, थप उपलब्धीकोलागि संघर्ष गर्ने भन्ने हो । अहिले गर्ने भनेको वैधानिक आन्दोलन हो ।
संविधानलाई दुइ भागमा विभाजन गर्नु पर्ने हुन्छ । भएका उपलब्धी र थप ल्याउनु पर्ने उपलब्धीहरु । सकारात्मक कुराको रक्षा गर्नु पर्छ । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायका उपलब्धीहरु माओवादी जनयुद्धका कारण भएका परिवर्तन हुन् । सत्ताका केहि चरित्रहरु प्रतिक्रियावादी छन् तिनका विरुद्ध लड्नु पर्छ ।

एकता पछिका चुनौतिहरु के देख्नु हुन्छ ?

अहिलेको चुनौति वैचारिक र सैद्धान्तिक छ । यसलाई कसरी सम्बोधन गर्ने यहिनेर छ चुनौति ।

एकता केका लागि हो प्रष्ट हुन आवश्यक छ । आकार ठूलो बनाउनकोलागि हो कि? काँग्रेस एमालेलाई दबाब दिनकोलागि कि? हामी घेराबन्दीमा परेका छौ भनेर हामीलाई घेराबन्दी गर्ने शक्तिलाई चुनौति दिनकोलागि हो कि ? अथवा माओवादी आन्दोलनलाई देश र जनताको पक्षमा पुगाउन कोलागि हो ? यो प्रस्ट हुनुपर्छ । हामी जनताको घर घरमा पुग्नु पर्ने छ । हाम्रो जीवन व्यवहारमा प्रश्न उठेको छ । यसलाई सुधार्न सक्छौ कि सक्दैनौ, सक्नु पर्ने चुनौति छ । अर्कोसमाजवादी क्रान्ति अथवा नयाँ जनवादी क्रान्ति, नेपाली समाज पूजीवादी कि अर्धसामन्ति ? अहिलेको चुनौति वैचारिक र सैद्धान्तिक छ । यसलाई कसरी सम्बोधन गर्ने यहिनेर छ चुनौति ।

तपाईको समूहहरुले पार्टी अनुसाशन नमानेको आरोप छ नि ?

एकताको पहलकर्ता भनेकै मोहन वैद्य कमरेड नै हुन् । तर निस्कर्ष दिदा सक्नु भएन अथवा चुक्नु भयो त्यो उहाँले नै जान्नु हुन्छ ।

जे भएको हो त्यही भन्नु पर्छ । अब कसैले कसैलाई आरोप प्रत्यारोप गर्नु हुदैन । यसबाट कसैको पनि भलो हुदैन । घर जलेपछि खरानीको कुनै अर्थ हुदैन । एकताको पहलकर्ता भनेकै मोहन वैद्य कमरेड नै हुन् । तर निस्कर्ष दिदा सक्नु भएन अथवा चुक्नु भयो त्यो उहाँले नै जान्नु हुन्छ । प्रमुख नेतृत्वको पहल आवश्यक हुन्छ तर सकेन भने अर्कोले पहल लिन्छ । त्यहि नै भएको हो । प्रमुख नेतृत्वले त्यो गरेन त्यहि भएर अन्य कमरेडले पहल लिएर अगाडि बढेका हौ । एकताको कुरा गर्ने तर व्यवहारमा एकता नगर्ने पक्ष पनि देखियो । पुच्छरवादी, विलय वादी भए त भनौला , अब दस्तावेजमा जडसुत्रवादी पनि लेखौला तर विषय वस्तु बुझ्ने र एकता बनाउने कुरा चुनौति छ ।

भौतिक संरचनाको लडाई हुने देखिन्छ नि ?

मेरो व्यक्तिगत धारणा भन्नु हुन्छ भने यस्तो विषयमा लड्नु हुदैन । भाडाको घर, सोफा, झण्डाकोलागि, साइनबोर्डकोलागि लड्नु हुदैन । जसका विरुद्ध लड्नु पर्ने छ त्यो वर्गलाई छोड्ने अनि सिमित वस्तुका लागि लड्नु हुदैन । अहिले हाम्रो विरुद्ध घेराबन्दी गरीरहेको वर्गका विरुद्ध लड्नु पर्छ । पेरीडाँडाको घर पार्टीको थियो । त्यसकोलागि त लडाई भएन । बुद्धनगर त भाडाको घर हो । विप्लवले पार्टी फुटाउदा बुद्धनगरमाथि दावा गर्नु भएन ।

अहिले पनि नचाहँदा नचाहँदै पार्टी विभाजन भएको छ । बहुमत बादलको पक्षमा छ । बहुमतको निर्णय मान्ने हो भने किरण जीले बुझ्नु पर्छ ।

अहिले पनि नचाहँदा नचाहँदै पार्टी विभाजन भएको छ । बहुमत बादलको पक्षमा छ । बहुमतको निर्णय मान्ने हो भने किरण जीले बुझ्नु पर्छ । होइन उहाँले हामीलाई आवश्यक छ । हामी नै बस्छु भने बादलहरुले छोडिदिनु पर्छ । यसका लागि लड्नु हुदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार